
“च्यात्तिएको सेतो खाली कागजमा तिम्रो लागी केहि अक्षर कोर्ने प्रयास गरेको छु ।
कोरोना भन्दा पनि बिषालु रहेछ तिम्रो माया । कोराना भाईरस लाग्यो भने उपचार गरे पछि सन्चो हुन्छ । तर तिम्रो मायाको भाईरसको न त औषधी छ न त उपचार नै ।
कहा गल्ती भयो मेरो, लाग्छ यो जुनीमा तिम्रो हुन लुखेको रहेन्छ । दिनभरी तिम्रै सम्झना र रातभरी तिम्रै तस्बिर आँखामा नाचिरने भएकोले आज मलाई किन हो किन तिम्रो नाममा एउटा पत्र लेख्न मन लाग्यो । हुन त यस्ता थुप्रै पत्रहरु मुटुको कुन कुनामा लेखेर टाँसिएका छन् तर पनि आज मलाइ सबैका बिच सार्बजानिक गरेर तिमी प्रतिको मेरो मायालाई बाहिर उतार्ने प्रयास गर्दैछु । गल्ती भएमा माफ गर ल ! हिजो आज त तिम्रो सम्झना समाल्नै नगरी आउछ । रातमा निद्रा पर्दैन, तिम्रो कल्पनामा हराउने गर्छु । आँखा चिम्लदा पनि तिमीलाई नै देख्छु, आँखा उगार्दा पनि तिमीलाई नै । मेरो मन मुटुमा तिमी नै छौ, मात्र तिमी ।
एकोहोरो प्रेम भनु कि दोहोरो प्रेम बुझन नै सकिन मैले कहिले पनि । मलाई दुःख पर्दा साथ दिने तिमी, मलाइ रुवाउने पनि तिमी, मलाइ हसाउने पनि तिमी ।
मैले तिमीलाई मन पराए तर तिमीले मलाइ मन नपराउन पनि सक्छौ तर मलाई त्यस्तो लाग्दैन किनकी तिमीलाई मेरो मायाले जितिसकेको छ । मेरो संसारको खुसि तिमीलाई, बिदानको लाली तिमीलाई, साँझको सामिप्यता तिमीलाई । तिम्रो खुसीको लागि म आकाशको तारा त झर्न सक्दिन तर अरु मेरो क्षमताले गर्न सक्ने सबै चिज तिमीलाई समर्पण गर्न चहन्छु ।
“कथाले भन्दै छ शिब, त्यो पापिनीलाई भुल्नै पर्छ, तर त्यो पापिनीलाई भुल्नै मान्दैन यो मन । खै कस्तो मोहनी लगाएर गयौ । जब तिमीलाई सम्झन्छु यो मन बहकिन थाल्छ, आज भोली काडैकाडा बिछ्याइएको बाटोमा एक्लै यात्रा गरिरहेको छु ।
लाग्दैछ तिम्रो र मेरो भेटले अनगिन्ती यादहरु सगालेका छन् । तर खै मलाई त्यो क्षण याद छैन, हामी भेटेको ठाउँ याद छैन, मात्र तिमी याद छौ । साँझमा आफ्नो बासस्थान फर्कन लागेको बनचरी जस्तै आतुर छु, अनि अनगिन्ती कौतुहलताका साथमा म अस्ति पनि काटे, हिजो पनि र आज पनि तर भोली बिहानको सुर्योदयमा तिमीसँगका हरेक पलहरु याद गर्ने शाहस राख्छु तर खै अधेरी रातको कहिले जुनेली त कहिले कालो रातमा सम्झनाका बाटोहरु पछ्याउँदै जाँदा म तिमीबाट टाढा भएको पाउछु ।
बागलुङ बजारको नेपाल टेलिकम अगाडी म एउटा घरमा भाडामा बस्थे एउटा बोट थियो । म लकडाउनले चारैतिर सुनसान छ । वरपर सन्नाटा अचेल यसरी छाएको छ की पात हल्लिएको आबाज मेरो कोठासम्मै पुग्छ । बिहानै चराचुरुङ्गीको चिरिबिरी गजब सुनिन्छ । शायद कार्यालयमा संधै रात्रीकालिन ड्युटीले ढिलोे घर फर्किदा अबेरसम्मै ओछ्यानमा मस्त हुँदा वर्षौसम्म यो अवसरबाट बञ्चित थिएँ । बिहान समाचारहरु सुन्न रेडियो त खोलिन्थ्यो, तर निद्राकै अंगालो प्यारो लाग्थ्यो । अचेल एफएम रेडियोसमेत बन्द गरेको छु । त्यहाँ सरकारको बेमौसमी बाजा बढी सुनिन्छ । जन–जनको आबाज कम र आबाज भएकाको आबाज बढी सुनिन्छ ।
एक दिनको कुरा हो, तिम्रो फोन आयो मलाई लिन आउ भने र । म आतिय लामो लामो सास फेर्न थाले खुसी पनि थिए यति धेरै समय पछि तिमी आउदै थियो । तिमीसंग भेटेर मन भरिको कुरा गर्न मन थियो ।
जब तिमी मध्यरातमा यसरी मेरो खाटमा आयौंकी चलचित्र तब देखायौ जब मैले आँखाको अपरेशन गरिसकेको थिए । आफ्नो गीत यसरी गायौ कि, जब मैले तिम्रो वर्णन गरिसकेको थिए ।
कतिपय चलचित्रमा नायकले आफ्नै रगतले प्रेम पत्र लेखेको देखेको छु । तर म भने यहाँ यसरी सस्ता कलमका मसिले पत्र कोर्दैछु । म खुनले पत्र लेख्न सक्दिन कारण (मेरा साना–साना दुःख कष्ठमा रुने आसु बगाउने मान्छे तिमीले मैले रगतले पत्र लेखेको थाहा पाए कती रोउली म कल्पनासम्म पनि गर्न सक्दिन ।
यस्तै हो सुख, दुःख जे भएपनि तिमी र म सँग बच्नुपर्छ तर सँगै मर्नुपर्छ त म भन्दिन किनकी यमराजले कसलाई कति फेर लैजान्छ अहिले भन्न सकिन्न । तर बाचुन्जेल हाँसी, खुसी, सुखी जीवन बिताउला, तर तिमी बिना म अधुरो छु । त्यसैले म तिम्रो साथको पर्खाइमा छु । यो पत्र तिम्रो हातमा परेपछि मलाई पनि अर्को पत्र पठाउ ल ! म सधै तिम्रो पत्र आउने बाटो हेरेर बसीरहन्छु ।
तिम्रो अभाबमा यो जिबन सफल होला नहोला भन्न सक्दिन म तर सार्थक भने हुने छैन नै । तिमी मेरो एउटा छुट्टै ,बेगलाई बिशेष र खास मित्र थियौ, छौ र सदा रहिरहनेछौ । तिम्रो निम्ती यो दिलको ढोका सदा खुल्ला खुल्ला रहनेछ ।
उही तिमीलाई आफ्नो बनाउन चाहने
शिब बोहोरा
कथा बाकी छ…..
२०७७ बैशाख २२ गते प्रकाशित ।