गण्डकी प्रदेशमा सहरबाहिर निर्माण सुरु गर्ने निर्णय

पोखरा, १९ वैशाख
गण्डकी प्रदेशमा सहर बजार बाहिरका अत्यावश्यक निर्माण व्यवसाय सुचारु गर्ने निर्णय भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संयोजकत्वको विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।
खानेपानी, ढल, सिँचाइ, पुल, कल्भर्ट, सडक, विद्युत पोल र खहरे नियन्त्रणको काम सुरु गर्ने समितिको निर्णय रहेको छ । ‘ढुंगागिटी, बालुवा, माटो, तारजाली, रड, सिमेन्ट, जस्तापाता, इन्धन र बिटुमिनजस्ता सामान तथा मेसिनरी औजार ढुवानी व्यवस्था गर्ने’, निर्णयमा भनिएको छ, ‘निर्माण सामग्रीको ढुवानी सकेसम्म रातिको समय र समय तोकी उपयुक्त समयमा गर्ने व्यवस्था मिलाइने भएको बताइएको छ ।’
त्यस्तो निर्माण क्षेत्रमा काम गर्ने मजदुर लगायतको फोटोसहितको विवरण राख्ने निर्णय समितिले गरेको छ । स्थानीय बस्तीलाई असर नपर्ने गरी जनशक्तिलाई साढे १ मिटरको दुरी कायम गरी निर्माणस्थल वा निर्माणस्थल नजिक राख्ने व्यवस्था मिलाइने भएको छ ।
निर्माण क्षेत्रमा अनधिकृत व्यक्तिको प्रवेश नदिने समितिले जनाएको छ । संक्रामक रोग फैलन नदिन सबै स्वास्थ्य सुरक्षा उपाय अपनाउने पनि भनिएको छ । निर्माण सामग्री ढुवानी गर्ने साधन अन्तबाट प्रवेश गर्दा प्रत्येकपटक डिस्इन्फेक्सन गर्ने समितिको निर्णयमा उल्लेख छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here