बागलुङका एक पुरुषको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, १३ चैत ।
बागलुङका एक पुरुषको (कोभिड–१९) कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार पठाएको नमुना परीक्षणको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो ।
सोमबार अस्पतालमा उपचारको लागि आएका बानपा–७ निवासी एक पुरुषमा संक्रमण भए/नभएको भन्दै परीक्षण गर्दा उनी सुरक्षित देखिएका हुन् ।
भारतको पटनाबाट केहि दिन अगाडी घर आएका उनलाई खोकी लागेपछि उपचारको लागि अस्पताल आएका थिए । उनलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि नमुना परीक्षणको पठाईएको थियो । ज्वरो नदेखिएपनि उनी भारतदेखि आएको कारणले आइसोलेसन वार्डमा भर्ना गरि उनको थ्रोर्ट स्वाब निकालेर काठमाण्डौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको थियो ।
यस्तै बागलुङदेखि हिजो (बुधबार) एक जना महिलाको स्वाब परीक्षणको लागि पठाइएको छ । फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी १९ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि उनीसँगै आएकी बागलुङ नगरपालिका–४ की महिलाको परीक्षणको लागि नमुना पठाइएको छ । उक्त नमुनाको रिपोर्ट भोलीसम्म आउने अस्पतालले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here