अस्ट्रेलियामा नेपाली बाल गीतको म्युजिक भिडियो सार्वजनिक

सिड्नी
अस्ट्रेलियामा क्रियाशील नेपाली गायक रमेश बानियाँले बुधबार नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
उनको रचना संगीत र आवाज रहेको ‘हाम्म पापा’ नामक म्युजिक भिडियो प्रवासमा बनेको सम्भवत पहिलो नेपाली बालगीत संग्रह हो । यो बाल गीत संग्रहको म्युजिक भिडियो प्रबर्दन सिड्नीको रेस्ट रियल स्टेटले गरेको छ ।
रेस्ट रियल स्टेटका डाइरेक्टर सुरेन्द्र श्रेष्ठले अनलाइनखबरलाइ भने-, ‘नेपाली कला सस्कृतिको प्रवासमा संरक्षण गर्नु हाम्रो कर्तब्य हो । उनले भने, यो म्युजिक भिडियोमा नेपाली बालबालिकाहरुलाई हाम्रा चाडबाडप्रति सानैदेखि रुचि जगाउने र रोमान्चित गर्ने गीतहरु छन ।’
खासगरी पास्नीको अवसरमा बच्चालाई गीत गाउँदै पहिलो पटक अन्न ख्वाउँदै गरिएको दृश्यले प्रवासमा हुँर्किदै गरेका नेपाली बालबालिकालाई मातृभाषाप्रति लगाव बढाउँदै जाने गीतकार रमेश बानियाले बताए ।
‘हाम्मा पापा’ मा गीतमै बच्चाका शरीरका अंगहरुको व्याख्या गर्दै तारा बाजी लै लै जस्ता नेपाली बाल लोकगीत पनि मिसाएर तयार गरिएको छ । ‘यो म्युजिक भिडियोमार्फत हामीले एउटा खुशी परिवार पनि देखाउन खोजेका छौं,’ गायक समेत रहेका रचनाकार बानियाले भने, ‘हामीले छोरीहरुले आफ्ना बाब-आमाको भविष्यमा पनि कसरी सेवा गर्छन भन्ने देखाउन पनि खोजिएको छ ।’
म्युजिक भिडियोमा सिड्नीमा रहेका कलाकार बिराज थापा र निलु मालाकार बाबा-आमाको भूमिकामा छन् भने ३ छोरीको भूमिकामा बालकलाकार दीप्सी भट्ट, बिहानी बानियाँ र भरोसा बानिया छन् ।
छायांकन हाल सिड्नीमै क्रियाशील फोटोग्राफर दिपेन्द्र भट्टले गरेका हुन् । गाएक रमेश बानियाँले भने ,’हामीले यो गीत र संग्रहित भिडियोमार्फत एउटा सामाजिक संदेश दिन पनि खोजेका छौं ।’
भिडियो

२०७६ असोज २३ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here