काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने गाउँपालिकाका अन्य वडाका अध्यक्ष भन्दा कनिष्ठ वडाध्यक्षको हुनुहुन्छ । युवा अवस्थामा स्थानीय जनताले दिएको जिम्मेवारी पुरा गर्न उहाँ अहोरात्र खटिनु भएको छ । जनप्रतिनिधि हुनुभन्दा अघि पनि सामाजिक तथा विकासे संघ संस्थाको अनुवाई गरेको हुँदा जनताको भावना, आवश्यकता र विकासको मोडलबारे अनुभवी व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । वडाध्यक्षको रुपमा दुई वर्ष वितिसक्दा कस्ता कामले गति लिएका छन् खबरवे अनलाईनका सहसम्पादक अर्जुन कार्कीले गरेको कुराकानीः
- यहाँलाई खबरवे संवादमा हार्दिक स्वागत छ ?
– धन्यवाद - वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
– मैले सामाजिक विकासको हिसाबले यस अगाडी नै धेरै ठाउँमा काम गरेको हुनाले त्यति गाह्रो छैनन् । मैले जिल्लाको विभिन्न सामाजिक फोरमहरुका काम गरेको र सरवारवाला निकायसँग समन्वय गरेका हुनाले सहज नै छ । - तपाईको वडाभित्र सम्पन्न भएका र निर्धाणधिन गौरवका योजनाहरु कुन कुन हुन ?
– हामीले हाम्रो वडालाई जोड्नका निम्ती बिहुँ, पालाको एकपाल्टे हुँदै रेशको जलजला–भैरव–बौरा–गाँजा दह जाने सडक स्तरउन्नतीको लागि डिपिआर सम्पन्न गरेका छौं । एकलेघाट मोटेरबल पुलको डिपिआर तयार सम्पन्न भई टेन्डर प्रक्रिया गएको छ ।
त्यो पुलको लागि प्रदेश सरकारले साढे २ करोड बजेट विनियोजित गरेको छ र एक डेढ वर्षमा सम्पन्न हुनेछ । यस्तै रिङ रोडको हिसाबले रेश धनेखोरीया, देउराली भएर लेखानी कादेस, बिहँु, तंग्राम, धम्जा भीमापोखरा हुँदै पञ्चकोटसम्म आउने बाटो महत्वपूर्ण हिसाबले अगाडी बढेको छ । यस्तै गाजा दहमा जोडने बाटोलाई मुख्य सडकको हिसाबले अगाडी बढाएका छौं । अहिले उक्त सडकको ट्रयाक खुलेको छ । बरेङका गाडीहरु रेश हुँदै बागलुङ बजार आउने गरेका छन् ।
यस्तै मुख्यमन्त्री वातावरणमैत्री नमुना गाउँको रुपमा गौरवको योजना रहेको छ । पहिचानको रुपमा स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारको लगानीमा खेलकुद मैदानहरु निर्माण गरेका छौं ।यस्तै स्वास्थ्य चौकीको भवनको लागि जग्गा प्राप्त भएको छ । अन्य काम अगाडी बढाएका छौं । शिक्षा सुधारको निम्ती विद्यालयहरुलाई व्यवस्थापन गर्ने काम गरिरहेका छौं । शिक्षाको लागि हाम्रो गाउँमा एउटा रचनात्मक कामको रुपमा अगाडी बढाएका छौं । केहि समय अगाडी रेश नुन्थला माध्यमिक विद्यालयमा शैक्षिक महोत्सव गरी एक करोड ७७ लाख रुपैयाँ जम्मा गरेका थियौँ । अहिले विद्यालयको प्राविधिक धारको विकास गर्ने योजना बनाएका छौं । पूर्ननिर्माणको भौतिक योजनामा हामीलाई शिक्षाकोबाट भवनहरु परेका छन् । जनकल्याण आधारभूत विद्यालयमा ठूला भवन निर्माणका योजना परेका छन् र अहिले शैक्षिक सुधारको योजना अगाडी बढाउने काम पनि भएको छ ।
गाउँलाई रमणिय गाउँ गराउँदै पर्यटकीय गाउँ बनाउनको लागि प्रदेश सरकार र स्थानिय सरकारको लगानीमा गाउँमै केही गरौं–गरौं, हेरौं हेरौं र बसौं बसौं जस्तो बनाउनको लागि होमस्टे संचालन गर्ने, त्यहाँका मठ मन्दिर, संस्कृतिहरुलाई व्यवस्थित गर्ने काम गरेका छौं ।
गाउँमा अहिले चार ओटा होमस्टेहरु दर्ता गरेर त्यसको विधान बनाउने परियोजना गरेर ५५ लाखका भौतिक निर्माणका काम गरेका छौं । अहिले गाउँमा पनि केहि हुँदैछ र गाउँमै केहि गर्न सकिन्छ भन्ने सोच पैदा गर्न सफल भएका छौं । होमस्टे संचालन गर्दा अहिले लोक खानाको लागि खेती गर्ने, लोकल कुखुरा पालन गर्ने योजनाहरु संचालन गर्नुभएको छ । गाउँमा विकासको गतिलाई तिब्र गतिमा अगाडी बढाएका छौं ।
यस्तै अहिले वडाले उद्योगी, व्यवसायीहरुलाई करको दायरामा ल्याएर राज्यप्रति उत्तरदायी बनाउँदै यो वर्ष ४ लाख १० हजार रुपैयाँ राजश्व संकलन गयौं । अहिले हामीले आधारभूत जनतासँग जोड्ने गरि साना किसान सहकारी संस्था गठन गरेर उहाँहरुको आयआर्जन र उद्योग व्यवसायसँग जोड्ने योजना बनाएका छौं । सहकारी स्थापना गरेको ४ महिनामा चार सय शेयर सदस्य, ५७ ओटा समुह बनाएर काम गरिरहेका छौं ।
यस्तै मुख्यमन्त्री नमुना गाउँ अन्तरगत रेशमा आर्थिक वर्ष २०७५/०७६ मा चिया खेती संचालन गरेका छौं । हरियाली सडक, हरियाली अभियान संचालन गर्ने, जैविक गाउँ बनाउने काम विस्तार गरिरहेका छौं । यस्तै गरिव विपन्नको निम्ती खरको घरलाई टिनले छाउने काम गरिरहेका छौं । यसै वर्ष रेशलाई उज्यालो गाउँ घोषणा गर्नको लागि विद्युतका काठका पोलहरुलाई विस्थापित गरेर यसै वर्ष सवै स्थानमा फलामे पोल राखिने छ । यस्तै केन्द्रिय सरकारको बजेटबाट मदनभण्डारी पदमार्ग र पार्क निर्माण सुरु गरेका छौं । वडामा हरिस्मृति भवन निर्माण गर्ने, रेशका पूर्व गाविस अध्यक्ष लालबहादुर कार्कीको स्मृतिमा प्रतिक्षालय निर्माण गर्ने योजना बनाएका छौं । यस वर्ष स्वास्थ्य चौकीमा ल्याव संचालन गर्ने, वडा ठूलो भएको कारण साविकको १ र २ वडामा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिने योजना रहेका छन् । - अन्य वडामा आयोजना समयमै सम्झौता नहुँदा रकम फ्रिज भएको देखियो तपाई वडामा कस्तो अवस्था छ ।
– यस वर्ष हामीले सबै योजनाहरु सम्पन्न गरेका छौं । करिव ५/६ करोडको बजेटमा संघ, प्रदेश र स्थानिय निकायका योजनाहरु सम्पादन गरेका छौं । योजनाहरु सम्पादन गर्दा स्थायी खालका, दीर्घकालीन महत्व राख्ने खालका योजनाहरु सुरु गरेका छौं । त्यो हाम्रो महत्वपूर्ण रहयो । - तपाईले वडामा सडक निर्माण गर्दा विस्तारलाई प्राथमिकता दिनुभएको छ की त्यसमा संरचनाको काम अनिवार्य छ ?
– म काठेखोला गाउँपालिकाको पूर्वाधार विकास समितिको संयोजक पनि भएकोले हामीले निर्माणको कामलाई प्राथमिकता नदिदा त्यहि वर्ष खनेको सडक बर्खाको बेलामा तल र माथि पहिरो गएर सडकको साइज खानेको आधा हुने गरेकाले त्यसलाई व्यवस्थापन गरेर सडकमा अहिले जाली लगाउने, खोलाका रोडाहरुले सोलीङ गर्ने ढलान गर्ने गरेकाले अहिले हाम्रो बाटोहरु सहज भएका छन् । जिरेदीको ठूलो पहिरो हाम्रो लागि जोखिमपूर्ण भएको छ तर पनि हामीले त्यहाँ २१० मिटर घनमिटर जाली लगायौं र अझै व्यवस्थापन गर्नुपर्ने देखिएकाले कामलाई अगाडी बढाउने योजना गराएका छौं । - गाउँपालिकाको एक वडा एक पहिचान अन्तरगत रेशमा खेलकुद क्षेत्र परेको छ । खेलकुदको विकासको लागि के के काम भएका छन् ।
– गाउँपालिकाको एक गौरवको योजनाको रुपमा खेलमैदान निर्माण गरेका छौं । रेशमा अहिले नुन्थला र देउरालीमा गरी २ ओटा खेलमैदान निर्माण भएका छन् । उक्त मैदानमा तारजाली गर्ने, नाली काट्ने, मञ्च बनाउने काम बाँकी रहेको छ । ति मैदानमा, भलिबल, फुटबल, क्रिकेटहरु खेल्न सकिनेछ । अहिले खेलकुदलाई व्यवस्थित बनाउन खेल प्रशिक्षणको लागि भलिबलको रेफ्रि तालिम, फुटबलको प्रशिक्षण, तेक्वान्दो, मार्सल आर्टस्को तालिम, बास्केटबलको तालिम, व्याटमिन्टन लगायतका खेलको प्रशिक्षण गराउने बारेमा योजना बनाएका छौं । - दुई वर्ष पुगि सक्यो तपाईले नेतृत्व लिएको आधारभूत जनताको आवश्यकता कस्ता पाउनु भयो ।
– हामी स्थानिय सरकार र स्थानिय प्रतिनिधि भएकाले जनताका आधारभूत हाम्रा माग हुन । खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य र सडक उहाँहरुका अत्यन्त महत्वपूर्ण आवश्यकता हुन । - बजेटको सिमितता र अपेक्षाको चाँङ यो परिस्थितीलाई कसरी व्यवस्थापन गर्नूभएको छ ?
– यहि कुरालाई हामीले योजनामा ढालेर अगाडी बढ्यौं । उहाँहरुलाई हामीले बुझाउन कसरी सजिलो भयो भने हामीले गौरवको योजनाको हिसाबले वडा कार्यालयसम्म जाँदा हाम्रै कार्यकालमा हामीले पिच गर्न सक्छौं भन्ने हामीलाई लागेको थियो । चुनावताका हामीले त्यो कुरा भनेको पनि हो । त्यसलाई हामीले सर्वे गरेर रिपोर्ट निकालेपछि १४ किलोमिटर सडक बनाउन ४९ करोड लाग्छ भने पनि त्यो हाम्रो स्थानिय तहले मात्र हुँदैन भनेर संघ र प्रदेश सरकारको माताहतमा गौरवको बहुबर्षिय योजनामा नपरेसम्म हामीले सम्पन्न गर्न सक्दैनौं भन्ने भयो । त्यसो भएकाले जनतालाई त्यो कुरा बुझाउन हामीले बाटो बनाउने भनेको त्यहाँ भएको बाटोलाई नाली बनाउने, रोडाहरु हाल्ने र सहज हिसावले अगाडी जाने बनाउन सकिन्छ नभने हाम्रो गाउँपालिकाको सवै बजेट एउटै वडामा हाल्दा पनि त्यो बाटो हाम्रो हिसावले ग्रामिण पिच गर्ने लेबलमा पु¥याउन सकिदैन भन्ने बुझाउन सकेपछि अरु योजनाहरुलाई पनि अगाडी बढाउन सजिलो रह्यो । - तपाई व्यक्तिगत रुपमा पनि अली बढी सक्रिया भएको कारण वडामा प्रदेश र संघीय सरकारका ठूला आयोजना भित्रिएको छ तिनीहरु के के हुन र बजेट कति छ ?
– अहिले प्रदेश सरकारबाट मुख्य योजनाको रुपमा बिहुँ, जल्जलादेखि वडा कार्यालय हुँदै गाजा दह सडकमा शसतृर्म ८० लाख बजेट परेको छ, एक्लेघाट मोटेरवल पुलमा साढे २ करोड, खानेपानी योजनामा ८० लाख, २ ओटा सिचाईमा २५–२५ लाख रुपैयाँ, पर्यटनको लागि मदनभण्डारी पदमार्ग अन्तरगत वडा कार्यालय हुँदै गाजा दह जाने पदमार्गमा २५ लाख बजेट परेको छ । यो नीतिगत योजनामा समावेश भएर आएका हुन । - यहाँको विगतलाई हेर्दा अलि बढी बन बातावरण, कृषिमा क्षेत्रमा अनुभव धेरै छ त्यसलाई वडा भित्र कसरी प्रयोगमा ल्याउनुभएको छ ?
– यो वातावरण र पर्यटनसँग जोडिएको कुरा बन र कृषिसँग जोडिने हुनाले त्यसलाई प्रयोगमा ल्याउन सजिलो भएको छ । अहिले जिल्लाभरमा १९ ओटा होमस्टेहरु दर्ता भए त्यसमा ८ ओटा हाम्रो गाउँपालिकामा रहेका छन्भने ४ ओटा रेशमा रहेका छन् । पर्यटनको काम अहिले वनले नै गर्ने भएकाले पोलिशिगत कुरा भएकाले त्यसमा हामीलाई सजिलो भयो । रेशमा हरियाली सडक बनाउनको लागि अहिले हामीले ५, ७ हजार गुराँस र पैयुँका विरुवा रोप्दै छौं । जडिबुटीको खेती विस्तार गर्ने, चिया, अलैचिको खेती विस्तार गर्ने योजना बनाएका छौं । यो चाहि आफुले गरेको र अनुभव भएकाले अलि बढी जोड गर्नुपर्ने देखिएको र त्यसलाई प्रयोगमा ल्याउन सजिलो भएो छ । - कार्य सम्पादनको क्रममा भोग्नु परेका मुख्य समस्या के के हुन ?
– अहिले आफ्नो वडालाई व्यवस्थित गर्ने हिसावले जुन खालको हामीले काम गरेका छौं त्यसलाई अल्ली प्रभावकारी बनाउनको निम्ती जनताको सहभागिता र अभियान गराउने सन्दर्भमा केहि महत्वपूर्ण कामहरुलाई जनताको विचमा लैजाने, सम्प्रेषण गर्ने नेट्वर्क अल्ली कमजोर भयोकी, जनप्रतिनिधिहरुमा प्राविधिक ज्ञानहरुको कमी भए जस्तो देखिन्छ । उपभोक्ताहरुलाई पहिले नै प्राविधिक ज्ञानको बारेमा जानकारी गराउनुपर्ने देखिन्छ । वडा धेरै ठूलो भएकाले कामको चाप बढी भएको देखिएको छ । - अन्तर पार्टी सहकार्यलाई कसरी अगाडी बढाउनुभएको छ ?
– हाम्रोमा अरु पार्टीहरुसँगको सम्बन्ध त्यति विग्रेको देखिएको छैन । हामीले उहाँहरुसँग पनि परामर्श गरेर विकासको योजनालाई पार्टीको एजेण्डा नबनाऔं, विकासको योजनालाई साझेदारी एजेण्डा बनाएर जाऔं भन्ने सन्दर्भमा उहाँहरुसँग सहकार्य गरेर अगाडी बढेका छौं । हामीले मुख्य योजनाहरु, कार्यक्रमहरु, विषयवस्तुमा उहाँहरुसँग संवाद गरेरै अगाडी जाने भएको हुनाले द्वन्द्व देखिदैन । उपभोक्ता समितिदेखि अन्य समितिमा पनि उहाँहरुको सहभागिता रहने गरेको छ । विकासको काम एक्लौटी गर्ने हैन सामुहिक कामको निम्ती सवैको जिम्मेबारी हुनुपर्छ भन्दा उहाँहरु पनि सहकार्य गरेको देखिन्छ । - आफ्नो कार्यकालमा रेशको स्वरुपमा के बदलि हुने प्रतिबद्धता छ ?
– अबको तीन वर्षभित्र चुनावको बेलामा गरेको प्रतिबद्धता, एजेण्डाहरु सबै पुरा गर्नेछौं । हामीले १५/२० वर्ष पछाडीसम्म हुन सक्ने सम्भावित योजनाहरुलाई प्रस्तावित गछौं र त्यसका आधारभूत जगहरु बसाल्ने काम गछौं । हामीले देखिने गरी काम गर्नेछौं । जस्तै एक्लेफाँटको मोटेरेवल पुल, स्वास्थ्य चौंकीको भवन, सडकमा बाह्रै महिना सवारी संचालन, विद्यालयमा सुधार, स्वास्थ्य चौकीमा ल्याव, स्तोउन्नती भएको, पर्यटकीय गन्तव्यको हिसावले विकास भएको हेर्न सकिन्छ । - संवादको लागि धन्यवाद ?
– खबरवे अनलाईनलाई धन्यवाद । विशेष गरेर हाम्रा गतिविधि, योजनाहरु, कार्यक्रमहरु जनताका विचमा लैजान सहयोग गर्नुभएकोमा अनलाईनलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
२०७६ साउन ९ गते प्रकाशित