बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी वडाध्यक्ष चित्र कुमारी छन्त्याल गाउँपालिकाकी एक मात्र महिला वडा अध्यक्ष हुनुहुन्छ । जनप्रतिनिधि हुनुभन्दा अगाडी नै लेखानीमा सामाजिक परिचालकको रुपमा काम गरिसक्नुभएकी छन्त्याल वडाअध्यक्ष भएर आएपछि लेखानीमा के–के परिवर्तन आएर र उहाँले अबको तीन वर्षमा वडालाई कसरी समृद्ध बनाउनुहुन्छ भन्ने विषयमा खबरवे अनलाईनका सहसम्पादक अर्जुन कार्कीले गरेको संवाद :
- यहाँलाई खबरवे संवादमा हार्दिक स्वागत छ ?
– धन्यवाद - दुई वर्षको कार्य अवधिलाई कसरी मूल्याङ्गकन गर्नु हुन्छ ?
– मैले विशेष गरेर दुई वर्षको कार्यकालमा काम गर्दा खेरी भएका कठिनाईहरु, अफ्ठ्यारोहरु र केहि सहज भएको थियो होला त्यसलाई मुल्यांकन गर्दा आफ्नो क्षमतालाई मुल्यांकन गर्दै जहाँ संघर्ष छ त्यहाँ आफ्नो जीवन जिउने आधार हो जस्तो लाग्छ । जुन आफ्ठयारो, कठिनाई, बाधा अवरोध आएको छ त्यसलाई म महिला भएको नाताले पनि मेरो वडामा संघ र प्रदेशबाट ठूलो बजेटको आयोजनाहरु आएका छन् र तिनलाई सम्पन्न पनि गरेको छु । केहि साना तिना कुरा रहेपनि ठूलो सफल भएको अनुभव भएको छ । - तपाईको वडाभित्र सम्पन्न भएका र निर्धाणधिन गौरवका योजनाहरु कुन कुन हुन ?
– हाम्रो वडा भित्र रहेको गौरवको आयोजनामा अहिले बौद्ध गुम्बाको निर्माण सुरु भएको छ । अहिले साढे २४ लाखको लागतमा बौद्ध गुम्बाको निर्माण सुरु गरेका छौं पहिलो चरणको फाउण्डेसनको काममा अहिले जग राखेर काम सुरु भएको हो । त्यसको लागि गाउँपालिकाबाट पनि यस वर्ष बजेट विनियोजित गरेर कामलाई तिब्रताका साथ अगाडी बढाउने छौं । बौद्ध गुम्बा निर्माण सम्पन्न भएमा आन्तरिक र बाह्य बौद्ध धर्मावलम्बीहरु पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस्तै ३ सय ४५ मिटर लामो लेखानी–कादेश झोलुङ्गे पुल निर्माण हुँदैछ । अहिले उक्त पुलको सर्वे गरि डिपिआर बनाएर टेण्डर पनि भएको छ र कार्तिक महिनादेखि काम सुरु भई यस बर्ष सम्पन्न गर्नेछौं । उक्त पुल निर्माण भएपछि कादेशबाट लेखानी माविमा पढ्न जाने विद्यार्थीहरुको लागि सहज बन्नेछभने त्यहाँका समुदायहरुलाई यात्रामा सहजता दिनेछ । - अन्य वडामा आयोजना समयमै सम्झौता नहुँदा रकम फ्रिज हुने सम्भावना देखियो तपाई वडामा कस्तो अवस्था छ ।
– मेरो वडामा योजना फछौंटमा ढिलाइ भएको छैन । लेखानीमा दुई ओटा १–१ लाखका आयोजना बाहेक अन्य आयोजनाहरु त्यस्तो भएको छैन । तिनी आयोजनाहरु पनि प्राविधि कारणले सम्पन्न गर्न नसकिएको हो । एउटा विद्युत प्राधिकरणले आफै गछौंभने पछि आफै सम्झौता गरेर गर्न नसकेको र अर्को पुरक बजेटको राजश्व बाँडफाँड पछिको आयोजनामा केहि समस्या आएको हो । - तपाईले वडामा सडक निर्माण गर्दा विस्तारलाई प्राथमिकता दिनुभएको छ की त्यसमा संरचनाको काम पनि अनिवार्य छ ?
– हाम्रो वडामा पूर्वाधारको हिसावले सडक विस्तार मात्र नभएर सडकमा ग्याबीन जाली राख्ने र नाली बनाउने काम गरिरहेका छौं । अहिले हामी सडक चक्लाउने भन्दा पनि जगबाटै बलियो बनाएर लैजाने र नाली बनाउनुपर्छ भनेर लागेका छौं । अहिले हामीलाई प्रदेशबाट (अक्षेते–सुल्डाँडा–लेखानी मोटरबाटो) सडकको लागि ३ करोड ५० लाख बजेट विनियोजित भई आएको छ । उक्त सडकमा बजेटले जति मिटर सकिन्छ त्यति मिटर नै सडकमा पक्की नाली सहित ग्राबेल गर्ने योजना बनाइएको छ । - दुई वर्ष पुगि सक्यो तपाईले नेतृत्व लिएको आधारभूत जनताको आवश्यकता कस्ता पाउनु भयो ।
– जनताहरुको आवश्यकता प्रायजसो बुझ्ने व्यक्तिहरुले सामाजिक, समसामायीक योजनामा जोड दिनुपर्ने खालको छभने कतिपय कार्यकर्ता र नजिकको नातापाताले व्यक्तिगत हिसावले योजनाहरु पनि व्यक्तिगत रुपले दिए हुन्थ्यो भन्ने आशा ठूलो छ । अहिले मैले व्यक्तिगत तिर नलागेर समसामायिक रुपले सवैलाई सम्मान हुनुपर्छ भनेर लागेको छु र अहिले सवै खुसी छन् । - बजेटको सिमितता र अपेक्षाको चाँङ यो परिस्थितीलाई कसरी व्यवस्थापन गर्नूभएको छ ?
– अपेक्षा त धेरै नै छ । उहाँहरुले एक वर्ष भित्र नै बाटो पिच भइदिए हुन्थ्यो, एक घर एक धारा भईदिए हुन्थ्यो, हरेक कुराहरु सम्पन्न भइदिए हामीलाई सजिलो हुनेथियो भन्ने जनताको अपेक्षा धेरै छ । तर पनि हामीले गर्न सक्दैनौं । जो कोहिले पनि एक वर्षमा जनप्रतिनिधि भएपनि नभएपनि एक वर्षमा सवै काम सम्पन्न गर्न सक्दैन । किनभने समय लाग्छ । विकासको काम हो निरन्तर गर्दै जानेहो । विकासको काम गर्दै जान्छौं विग्रिदै जान्छ त्यसलाई हामीले सुधार गर्दै जानुपर्छ र गइरहेका छौं । बजेट अनुसार काम गर्दे जाने हो ।
मलाई स्थानिय तहको बजेट भन्दापनि प्रदेश र संघबाट आएको बजेटको चिन्ता लाग्छ । किनभने उक्त बजेट स्थानिय तहको जिम्मामा हुँदैन । प्रदेश र संघबाट स्थानिय तहमा पर्ने योजनाहरु त्यहीबाट नै टेण्डर हुने गर्छ र योजनाहरुको प्राविधिकहरु पनि माथिबाट नै आउने गरेका छन् । प्राविधिक र ठेकदारले मनपरी तबरबाट काम गर्ने गरेका छन् । प्रदेश र संघले योजना बनाएर ठूलो पैसा हालेर मात्र हुँदैन स्थानियहरुलाई दुःख दिएर योजना सफल हुँदैन । प्रदेश र संघका योजनाहरुमा स्थानिय तहले टेण्डर गर्नुपर्ने र प्राविधिकहरु पनि स्थानिय तहकै प्रयोग नगरेसम्म राम्रो काम हुने देखिदैन । - यहाँको विगतलाई हेर्दा सामाजिक परिचालकको रुपमा काम गरी सकेको अनुभव धेरै छ त्यसलाई अहिले वडा भित्र कसरी प्रयोगमा ल्याउनुभएको छ ?
– मेरो भविश्यको बेस भनेको सााजिक परिचालकलाई लिने गरेकी छु । अहिले जनप्रतिनिधि हुनुमा पनि मुख्य हात त्यहि नै हो । म सामाजिक परिचालक हुँदा खेरी गाविस सचिवहरु हुनुहुन्थ्यो । त्यतिखेर उहाँहरु नै गाविस सचिव र अध्यक्षको रुपमा उहाँहरु स्वयंम हुनुहुन्थ्यो । म सामाजिक परिचालक भएपनि उहाँहरुले मलाई घटना दर्ता (हस्ताक्षर गर्न मिल्दैनथियो), डाटाहरु संकलन गर्ने, जनता परिचालन गर्ने जिम्मेबारी दिनुहुन्थ्यो । मैले त्यो समयमा कुनै झन्झट, अल्छी नमानिकन आफ्नो क्षमतालाई त्यहाँ प्रस्तुत गरेर र अहिले सामाजिक परिचालकको रुपमा काम गर्दाको फललाई सहि सदुपयोग गरिरहेको छु । - कार्य सम्पादनको क्रममा झेल्नु परेका मुख्य दुःखहरु के के हुन ?
– दुःख त अनगिन्ती छन् । हामीलाई सोचे जस्तो काम गर्न सकिएको छैन । मेरो वडामा विपक्षी पार्टीको बहुमत रहेको छ । कुनै काम गर्दा अवरोधहरु त केहि गर्नुभएको छैन तर काम गर्दै जाँदा पार्टीगत हिसावले धेरै मान्छेले धारणा राख्ने गरेका हुन्छन् । कुनै योजनाहरुको काम गर्दा उपभोक्ता समुह गठन गरेर जिम्मा दिएको हुन्छ । उपभोक्ताहरुले काम गर्दैगर्दा कुनै ठाउँमा बाटो भत्केला, बाढी पसला त्यति खेर वडाअध्यक्षलाई जिताएको त्यसैलाई भन हामलाई किन भन्छस भन्ने जस्तो धेरै कुराहरु सुन्न आएको छ । प्रतिपक्षले मलाई बाहिर जति निगरानी गर्नुभएको छ त्यसले मलाई अझ बढि सक्षम भएको महशुष गरेको छु । - दुई वर्ष नेतृत्व लिँदा जनताका खास आवश्यकताको पहिचान गर्दा के पाउनुभयो ।
– जनताको आवश्यकता त बाटो, खानेपानी, स्वास्थ्य र शिक्षाको आवश्यकता गरेका हुन्छन् । त्यसलाई हामीले सुधार गर्न सकेमा सवैको आवश्यकता पुरा गर्नसकिन्छ भन्ने लाग्छ । - महिलाले पनि समाजको नेतृत्व गर्न सक्छन भन्ने विश्वास जित्न कति मुस्किल प¥यो ?
– मलाई विश्वास जित्न मुस्किल परे जस्तो अनुभुति भएको छैन । किनकि मैले पहिले जसरी सहज तरिकाले काम गरेको थिए र अहिले पनि त्यसरी नै काम गरिरहेको छु । केहि कुराहरुमा बाधा अवरोधहरु त आउने गर्दछन् । धेरै कुराहरु सुन्नमा आउने गर्छन तर मैले सुन्ने गरेको छैन । प्रतिपक्ष र आफ्नै पक्षका मान्छेहरुले पनि बाहिर नकरात्मक कुराहरु गर्छन तिकुराहरुलाई मैले सकरात्मक तरिकाले नै सोचने गर्छु । कसैले मलाई यस्तो भन्ने भनेर सोचने गर्दिन र त्यसलाई सकरात्मक सोचमै भनेको हो भनेर समस्यालाई समाधान गर्ने गरेकोछु । मैले काम गर्ने क्रममा काम गरेर यसरी गर्नुपर्छ भनेर पुरुष साथीहरुलाई देखाएको छु । त्यसैले पुरुषले मात्र हैन नेतृत्व पाएमा महिलाले पनि गर्न सक्छन् भन्ने देखाएको छु । - तपाईको कार्य अवधिमा लेखानीको स्वरुपमा के बदलि हुने प्रतिबद्धा छ ?
– लेखानीको जनताले दुई वर्षको अवधिमा धेरै महशुष गरेका छन् र अनुभुति भएको छ । २० वर्षपहिले देखि लेखानी–कादेशलाई जोड्ने झोलुङ्गे पुल बनाउने सुन्न आएपनि भएको थिएन । त्यसलाई मैले चुनावको बेलामा लेखानी–कादेश जोड्ने चुनावी एजेण्डा बनाएको थिए । अहिले त्यसको काम अगाडी बढेको छ र एक वर्षभित्र पुरा गर्नेछौं । यस्तै प्रदेशबाट सडकको लागि बजेट आएको छ । हाम्रो पहिलो प्राथमिकता सडकलाई लिएका छौं । सहज सडक भएमा विरामीहरुलाई समयमै उपचारको लागि अस्पताल पु¥याउन सकिन्छ । अहिले बर्खाको बेलामा विच विचमा सडक अवरुद्ध हुँदा गाह्रो परिरहेको छ । मेरो कार्यवधिमा खानेपानी, स्वास्थ्य, शिक्षा र सडकको समस्याको अन्त्य गरि केहि परिवर्तन भएको अनुभुति गराउने छु । - लेखानीलाई चिनाउने हाते कागज उद्योग बन्द रहेको छ । त्यसलाई संचालनमा ल्याउने के योजना बनाउनुभएको छ ?
– लेखानीलाई चिनाउने भनेको हाते कागजले नै हो । लेखानीको मुख्य विशेषताको रुपमा रहेको र पर्यटकहरु पनि पहिले उद्योग हेर्न जाने गरेका थिए । अहिले उद्योग बन्द रहेको छ । अहिले उद्योग संचालनको लागि त्यसको भवनको पुर्नानिर्माण भईरहेको छ । पहिले राम्रोसँग संचालन भएको थियो तर पछि त्यहाँका संचालकहरुले त्यहाँ काम सिकेर आफुले उद्योग संचालन गरेपछि प्रतिस्पर्धाको कारण बन्द भएको थियो । हामी उद्योगलाई पुनः संचालनको लागि कोशिसमा लागि रहेका छौं । - संवादको लागि धन्यवाद, केही छुट्याकी ?
– विशेष गरेर खानेपानी, शिक्षा, स्वास्थ्य र सडक र लेखानीमा भौतीक संरचनाहरु बन्दैछन् । संरचनाहरुलाई दिगो हिसावले काम गर्नुपर्छ । ढिलो होस् तर दिगो हुनुपर्छ भनेर हामीले काम गरिरहेका छौं । हाम्रो पाँच वर्षे कार्यवधिमा अहिले दुई वर्ष सकिसक्यो अब तिन वर्षमा छ त्यस अवधिमा लेखानीलाई केहि परिवर्तन गर्नुपर्छ, त्यसको लागि अहिले बौद्ध गुफा निर्माण हुँदैछ, लेखानी–कादेश जोड्ने झोलुङ्गे पुल र लेखानी–रेश जोड्ने झोलुङ्गे पुल बन्दैछन् भने होमस्टे पनि संचालनमा आएको छ त्यसैले पर्यटकहरुलाई भित्रउनको लागि लेखानीमा काम भईरहेको छ ।
२०७६ साउन ५ गते प्रकाशित ।