आभा काव्य लहर -३ सम्पन्न

125

काठमाडौ, २८ पुस ।
‘पठन प्रवृतिको विकास, सृजनशिलताको अभ्यास’ भन्ने उदेश्यका साथ २०७३ सालमा स्थापित संस्था ‘आभा for creativity’ ले मिति २०७५ पौष २८ गते शनिवारका दिन कालिकास्थान स्थित सर्वनाम थिएटरमा आभा काव्य लहर – ३ सम्पन्न गरेको छ । कविता विशेष सो कार्यक्रममा ४ जना कविहरुले २४ कविता सुनाएका थिए । कविहरु डा. देवी नेपाल, मनोज बोगटी, बि.पी. अस्तु, र सुरज पराजुलीलेे आ-आफ्ना ६/६ कविता वाचन गरेका थिए । बिहान ११ बजे देखि दिउँसो १:३० बजेसम्म चलेको उक्त कार्यक्रममा कविताप्रेमी, अग्रज बुद्दिजिवी लेखक,पत्रकारहरु तथा साहित्य अनुरागी मित्रहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कलाका विभिन्न पाटो साहित्य, चित्रकला, प्रफमेन्स आर्ट, संगित तथा जनचेतनामूलक समाजसेवामा अनवरत रुपमा कदम चालिरहेको आभा For Creativity ले ‘आभा काव्य लहर’ शिर्षकको काव्य शृङ्खला २०७५ – असार देखी सुरु गरेको र कार्यक्रम हरेक तीनतीन महिनामा आयोजना हुने यस शृङ्खलाका कार्यक्रम संयोजक योगेश घिमिरेले बताउनु भयो।