बडिगाड गाउँपालिकाको बजेट ४० करोड

बागलुङ, १० असार ।
बडीगाड गाउपालिकाको गाउसभामा अध्यक्ष मेहरसिँह पाईजाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउसभाबाट पारित भएको छ । गाउँसभामा उपाध्यक्ष उपाध्यक्ष अमर बहादुसर श्रीसले आगमी आर्थिक वर्षको लागि ४० करोड १८ लाख १४हजार ७ सय ५३ को बजेट प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रले जेठ १५ र प्रदेशले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । केन्द्र र प्रदेशले संसदमा जस्तै स्थानीय तहका सभामा पनि आउँदो वर्षको नीति, कार्यक्रम र बजेट पेश गर्दा पहिला नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, नीति, कार्यक्रम नगर र गाउँसभामा छलफलपछि बजेट ल्याउनुपर्ने भएपनि त्यस्तो अभ्यास भने धेरै स्थानीय तहले गर्न सकेका छैनन् । स्थानीय निकाय हुँदा नीति, कार्यक्रम र बजेट एकैपटक आ–आफ्नो सभामा प्रस्तुत गर्ने अनि एकैपटक पास गर्ने परम्परा थियो ।
अहिले भने स्थानीय तहले परम्परालाई निरन्तरता दिने भएका छन् । संविधानले स्थानीय तहलाई पनि सरकारकै रुपमा व्याख्या गरेको छ । तर स्थानीय तहले सरकारकै अभ्यास भने अझै पनि गर्न नसकेको सेवाग्राहीको गुनासो छ । जनप्रतिनिधिहरुले भने स्थानीय तहलाई अझै पनि स्थानीय सरकारका रुपमा अधिकार नदिइएको र धेरै कुरामा केन्द्रकै मुख ताक्नुपर्ने बनाइएको भन्दै गुनासो गरेका छन् ।

 

 

२०७५ असार १० गते प्रकाशित