दोहोरिन सक्छ दाद, यसबाट बच्ने उपायहरु

दादले धेरैलाई सताएकै हुन्छ । सही समयमा सही उपचार नपाएमा सामान्य लाग्ने दादले पनि धेरै समस्या दिन सक्छ । यसलाई बेवास्ता गर्दा एकपटक निको भइसकेको दाद पनि पटक–पटक आउन सक्छ । पहिलेकै जस्तो तापक्रम र वातावरण मिल्यो भने बढी दोहोरिने सम्भावना हुन्छ । साथै, चिकित्सकले दिएको औषधि तोकिएको समयअगावै छोडे पनि पुनः दोहोरिने सम्भावना हुन्छ । दादको औषधि लगाउने र खाने अवधि कम्तीमा पनि एक महिना हुन्छ । फंगल्स शरीरको जुन सतहमा हुन्छ, त्यो निख्रिन वा बाहिरिन शरीरले त्यति समय लगाउँछ ।
कसरी बच्ने ?

  • पसिनालाई शरीरमा ओभाउन नदिने ।
  • कटनका लुगा लगाउने ।
  • शरीरमा हावा छिर्ने खुला कपडा लगाउने ।
  • शरीरमा फोहोर हुन नदिने ।
  • सामूहिक पौडीपोखरीमा नजाने ।
  • एक–अर्काको कपडा साटेर नलगाउने ।
dr-sabina-bhattarai
डा. सबिना भट्टराई छालारोग विशेषज्ञ

को बढी जोखिममा ?

  •  रोगप्रतिरोधी क्षमता कमी भएका व्यक्ति ।
  • मधुमेह भएका, दीर्घरोग भएका, रोगप्रतिरोधी क्षमता कम बनाउने औषधि खाइरहेका ।
  • सार्वजनिक पोखरीमा बढी पौडी खेल्ने व्यक्ति ।
  • एक–आपसमा लुगा साटासाट गरेर लगाउँदा पनि सर्छ ।

लक्षण

  •  चिलाउने ।
  • सानो पैसा आकारको दाग देखिने ।
  • फैलिँदै जाने ।
  • बीच भागमा राम्रो भएजस्तो देखिन्छ, तर बाहिर रातो बढ्दै जान्छ ।
  • खराब औषधि भएमा घाउ पाकेर पिप आउने हुन्छ । त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ । चह¥याएर हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ ।
  • कपालको फंगल्स विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।

रोकथाम तथा उपचार

  • औषधि नमिसाइएको सादा साबुनले नुहाउने ।
  • नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।
  • चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने ।
  • ढुसी मार्न प्रयोग गरिने पाउडर प्रयोग गर्ने ।
  • बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।
  • आफूखुसी उपचार नगर्ने ।
  • चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

नयाँ पत्रिकाबाट