सिस्नो खाँदा फाइदै–फाइदा

हातले छुँदा पोल्ने जङ्गली सिस्नुका फाइदा भने गनीसाध्य छैन । अर्टिसा डिओइसा भनिने यो आदिम वनस्पतिलाई यदि हामीले हाम्रो खानामा समावेश गर्ने हो भने त्यसले दर्जनौँ शारीरिक समस्याहरू सुल्झाउन सहयोग गर्नेछन् ।
हरियो सिस्नोलाई सागका रूपमा तथा सिधा घाममा नभई घामको ताप मात्र आउने ठाउँमा सुकाएर त्यसलाई पिँधेर धुलो बनाई सुपका रूपमा आ–आफ्नो स्वाद र रुचि अनुसार प्रयोग गर्दा यसले अनगिन्ती फाइदा पु¥याउँछ । कतिपयले सिस्नोबाट चिया समेत बनाएर खान सुझाव दिन्छन् ।
सिस्नोका फाइदाहरू :
क. शरीरका अङ्गहरूमा अनेक कारणले भएको दुखाईमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाई तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ ।
ख. महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी हुन्छ किनभने यसमा पर्याप्त फलाम तत्त्व हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पु-याउँछ ।
यतिमात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्नस हयोग गर्छ । त्यति मात्र महाँ हो र ? यसले त महिलाको दूध उत्पादन र छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ । सिस्नोलाई ‘हर्बल टनिक्स’हरुमा महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ ।
ग. कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनष्पति उपयोगी छ ।
घ. पाचनमा सिस्नो लाभदायक हुन्छ । रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ ।
ङ. त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ ।
च. बर्खे ज्वरोमा समेत सिस्नोको सेवनले लाभ पु-याउँछ । यसका लागि सिस्नोको सुप उपयोगी हुने डाक्टरहरुको सल्लाह छ ।
छ. अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।
ज. सिस्नोमा पोषणको भीषण योग हुन्छ । भिटामिन, मिनरल, बेटा कारोटेन, पोटासियम, आइरन, क्लोरोफिल र जिङ्क यसमा भएका हुनाले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुसँग सिस्नो सधैँ नै सो भिडिरहेको हुन्छ ।
(बिरामी भएपछि मात्रै आत्तिने प्रवृति हामी नेपालीजनमा छ । त्यसो गर्नुको सट्टा आजै सम्भव भएसम्म हरिया सागपात, उमारिएका गेडागुडी र फलफुल खान किन जोड्न नगर्ने ? स्वस्थ बनौँ । परिवार, समाज र राष्ट्रलाई सम्वृद्ध बनाऔँ ।)
२०७३, असोज ५ गते प्रकाशित