
केपी कुमार जलन
बागलुङ्
यही असोज ८/९ र १० गते प्रज्ञा प्रतिष्ठान कमलमदी काठमाडौमा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनमा केन्द्रिय अध्यक्षको लागि पाल्पाका लोकप्रिय गायक बद्री पंगेनी मैदानमा उत्रिएका छन।
केन्द्रिय अध्यक्षको लागि गायक बिष्णु खत्री¸र टिकाराम चापागाई बिच कडा प्रतिस्पर्धा हुने देखिए पनी प्रतिनिधि कलाकारले साथ दिय उनले केन्द्रिय अध्यक्षमा चुनाव जित्ने निश्चित छ ।
समाज परिवर्तन गर्ने खालका गित संगितहरुको उजागर गर्ने गायक बद्री पंगेनी यसपालीको महाधिबेशनब बाट अध्यक्षको लागी आफुलाई सवैको साथ र सहयोग मिल्ने बताएका छन सांगीतिक क्षेत्रमा डेढ़ दसक लामो यात्रा गरेका बद्री पंगेनीले थुप्रै सांगीतिक क्रान्ति गरेका छन पि एन क्याम्पस¸ ब्युटी नमबर वान¸ ससुराली मा¸ फोटो फिर्ता लेउ¸ मेरो माया लाग्छ लाग्दैन¸ जिम्माल बाउ को छोरी ले ज्यान खायो ¸ लाउ चेली सिन्दुर लाउ ¸ अझै नि लोकतन्त्र आको छैन है ¸ फुल्यो धनियो¸ ससुरालीमा जस्ता गितहरु ल्याई सकेका छन उनलाई धेरैले लोकप्रिय गायकको रुपमा चिन्छन् भने नारीहरुले नारीको सम्मान गर्न जान्ने र अधिकारको बारेमा बोल्ने गायकको रुपमा चिन्छन् ।
पाल्पा को रामपुर मा जन्मेर राष्ट्रिय तथा अन्त राष्ट्रिय स्तरमा नाम कमाउन सफल लोकदोहोरी गायक बद्री पङ्गेनी २०५६ सालमा तानसेन खसेउली बोलको गित बाट संगितिक यात्र लाई व्वसायिक रुपमा अगडी बढाईरहेका गायक बद्री पंगनी बिदेशका थुप्रै देशहरुमा पुगी सकेका छन ।
मुसुक्क मुस्कुराउने चन्चले स्वाभावका गाएक बद्रि पंगेनी महिला बृदा युवा संग राम्रो सम्बन्ध र हरेक कलाकारप्रेमी संगको राम्रो सम्बन्ध रहेको कारण उनले चुनाव जित्ने सम्भावना बलियो देखिन्छ।सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन ज्युबाट उद्घाटन हुने कार्यक्रममा देशभर बाट करिव २ हजार प्रतिनिधी काठमाण्डौमा सहभागि हुने छन ।