आचार्य डिजिटल पोखरा दोस्रो बर्षमा प्रवेश

केपि कुमार जलन
स्थानिय तथा राष्ट्रिय कलाकारहरुको माया साथ सदभाव र सहयोगका साथ अगाडी बढीरहेको आचार्य डिजिटल रेकर्डिङ् स्टुडियो पोखरा यती बेला दोस्रो बर्षमा प्रवेश गरेको छ ।
पश्चिम क्षेत्रका स्थानिय कलाकारहरुको बढी जमघट हुने स्टुडियोबाट हालसम्म करिव २०० गितहरु रेकर्डङ् भैसकेका छन् । अतिनै व्यास्त र काठमाडांैमा रहेका स्टुडियोहरुले जस्तै गुणस्तरीय गितहरु गर्ने सक्ने आचार्य डिजिटल पोखराले एक बर्ष पार गरी दोस्रो बर्षमा प्रबेश गरेको सुखद अवसरमा बार्षिकोत्सव समारोह मनाउन लागेको हो ।
बागलुङ जिल्लाको अमलाचौर स्थाई घर भई पोखरालाई कर्मथलो बनाउनु भएका चर्चित गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरीको निर्वतमान अध्यक्ष एवं आचार्य डिजिटल रेकर्डिङ् स्टुडियो पोखराका संचलक एरेन्जर तारानाथ आचार्य आफुले स्थानिय तथा राष्ट्रिय स्तरका गित संगित प्रेमिबाट पाएको मायाको कारण आज बार्षिकोत्सव मनाउन पाउदा खुसी व्याक्त गर्छन ।
खबरवे डट कमले सोधेको प्रश्नमा सञ्चालक आचार्यले पश्चिम क्षेत्रका कलाकारहरुलाई गित रेकर्ड गर्ने काठमाडौं जान नपर्ने र सेवा सुविधाबाट सहुलियत मिलेकोले नव प्रतिभा देखी राष्ट्रिय कलाकारहरुको माया पाएको बताउछन् ।