बहिरा बालबालिकाको लागि नेपालमा पहिलो पटक धौलागिरी बहिरा आवासीय माविमा कम्प्युटर डिप्लोमा सुरुवात


नवीन शिशिर

बागलुङ्ग, २० भदौ
धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङ्गमा नेपालमा पहिलो पटक बहिरा बालबालिका लक्षीत प्राविधिक तथा व्यवसायिक तालिम परिषद .सिटिईभीटीं) तीन वर्षे कम्युटर इन्जिनियरिङ्ग कक्षा सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषद (सिटिइभिटी)को आङ्गिक सम्बन्ध लिई विद्यालयले इन्जिनियरिङ कक्षा सञ्चालन गरेको हो ।
सुरुवातमा धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका कम्प्युटरतर्फका १७ जना मोरङको बिराट बहिरा विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका ११ जना बहिरा विद्यार्थी र कालिका कन्यामन्दिर मावि र बिद्यामन्दिर उच्च माविका एक–एक जना सुन्ने विद्यार्थीले अध्ययन सुरुवात गरेको विद्यालयका प्रअ मधुसुदन निउरेले बताउनुभयो । उनीहरु ३ बर्षे डिप्लोमा कक्षासकेपछि कम्प्युटर इन्जिनियरिङ जुनसुकै क्याम्पसमा उपल्लो तहमा अध्यन, अध्यापन तथा अन्य सरकारी निकायमा सेवा प्रवेश गर्न पाउँनेछन् ।
नेपालमा अन्यत्र कुनैपनि स्थानमा बहिरा बिद्यार्थीहरुको प्राविधिक धारबाट उच्च शिक्षा हासिल गर्ने क्याम्पस नभएपछि आफ्नै बिद्यार्थीहरुको उच्च शिक्षाको लागि कक्षा सञ्चालन गर्नुपरेको बिद्यालयका संस्थापक केबि राना मगरले बताउनुभयो । पछिल्लो समय कम्प्युुुुुुुटर प्राबिधीकहरुको माग उच्च देखिएकाले कम्प्युटर बिषयकै प्राबिधिक कक्षा सञ्चालन गरेको रानाले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारकातर्फबाट बिद्यालय तहसम्मको लागि सहयोग प्राप्त भएपनि उच्च शिक्षाको लागि सहयोग नभएकाले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषदको आंगिक सम्बन्ध लिएर कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
पहिलो चरणमा सिटीइभिटीले कक्षा व्यवस्थापन, प्रयोगशााला व्यवस्थापन गरि कक्षा सञ्चालन गर्न ४८ लाख रुपयौँ सहयोग गरेको छ । साथै हरेक बर्ष चार जना शिक्षकको तलब भत्ता सिटीभिटीले व्यवस्थापन गर्ने जनाइएको छ । साथै आंगिक भएकाले सिटीभिटीको बार्षीक बजेटबाटनै अन्य रकम व्यवस्थापन हुन सक्ने रानाले जानकारी दिनुभयो । हाल ३० जना विद्यार्थीलाइ हरेक ६ महिनामा सेमेस्टर प्रणालीमार्फत परिक्षा लिइने र ३ बर्षसम्म ६ ओटा सेमेस्टरमा अध्यापन हुने सिटीभिटी ३ बर्षे कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ विषय संयोजक तथा शिक्षक कुलप्रसाद सापकोटाले जानकारी दिुनुभयो ।
पहिलो सेमेस्टरमा नेपाली, अंग्रेजी, इन्जिनियरिङ म्याथ, इन्जिनियरिङ फिजीक्स, केमेस्ट्री, सि–प्रोग्रामिङ र कम्प्युटर फन्डामेन्टल बिषयमा समावेश गरिएको छ । उनीहरुलाई सबै बिषय प्रोजेक्टरको माध्यबाट तथा सबै बिषयको प्रयोगशाला सहित सांकेतिक भाषाका माध्यमबाट पढाई हुने सापकोटाले जानकारी दिनुभयो ।
२०६४ सालदेखि बहिरा बिद्यार्थीहरु अध्यन गर्दै आएको उतm विद्यालयमा हाल एकदेखि १० कक्षासम्म एक सय ६५ जना विद्यार्थी रहेका छन् । ३० जना विद्यार्थी रहेको कक्षाको आइतबार प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषदका उपाध्यक्ष डाक्टर कुलबहादुर बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
कक्षा सुभारम्भ कार्यक्रममा बोल्दै सिटिईभिटी का उपाध्यक्ष डा. कुलबहादुर वस्नेतले फरक क्षमता भएका बालबालिकालाई शैक्षिक योग्यताको आधारमा राज्यले स्थानीय तहदेखिनै रोजगारको ग्यारेन्टी गर्नुपर्ने वताउनुभएको थियो । नेपालमा पहिलो पटक नमुनाको रुपमा बागलुङ्गबाट बहिरा क्षेत्रमा प्राविधिक शिक्षा सुरु गरेको बताउँदै उहाँले कक्षा संचालनको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्र, सिटिईभीटि निर्देशक दोब्बरलाल सिलाकार, नेकपा एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, राष्टिय बहिरा महासंघका केन्दीय अध्यक्ष रामकुशल पन्त, पुनरावेदन बार एकाई अध्यक्ष केशवराज पराजुली, प्याब्सनका अध्यक्ष नवराज श्रेष्ठ, निमित्त महिला विकास अधिकारी सरस्वती रेग्मी, प्लान नेपालका क्षेत्रीय प्रमुख नितु आचार्य, पूर्व शिक्षक दिपक गौतम लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको बारेमा संस्थापक सदस्य केवी राना मगरले जानकारी दिनुभएको थियो । कार्यक्रम विदयालय व्यवस्थापन समितिका अध्यक्ष केपी अधिकारीको अध्यक्षता, प्रधानध्यापक मदुसुदन निउरेको स्वागत र शिक्षक रेशम श्रीस र नवीन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।