रानी वनमा मुरली बज्दा पार्वती जिसीलाई मायाको झल्को

केपी कुमार जलन
बागलुङ
नेपाली गित संगितमा आफ्ना पाईलाहरु अगडी बढाईरहेकी छिन पार्वती जिसी कास्की  लाहाचोककी स्थाई बासिन्दा हुन ।
सानै देखी चन्चले स्वाभावकी गायिका जिसी स्कुले जिवनमा रहदा बिभिन्न प्रतियोगितामा सहभागि हुदै प्रथम स्थान हासिल गरिन  करिव २ दर्जन गितमा आवज भरी सकेकी चर्चित गायिका पार्वती जिसीले महिलाहरुको महान पर्व हरितालीका तिजको अवसर पारी दर्जनौ गित बजारमा ल्याईन  समाज परिवर्तन गर्ने खालको गित संगितमा असाध्यै रुची राख्ने लोक गायिका जिसीले भर्खर मात्रमा तिजको अवसर पारी निष्ठुरी मायाको झल्को ले सधै तिजमा सताउने गरेको समेटीएको तिज गित काहा बज्यो मुरली गित बजारमा ल्याएकी छिन ।
करिव १९ वर्ष देखी संगितिक क्षेत्रमा समय खर्चिएकी हुन गायिका जिसी । चर्चित गायक पशुपती शर्माको लय शव्दमा सजिएको उक्त गितमा आवज भने गायिका जिसीको रहेको छ भने साथमा चर्चित गायक पशुपती शर्माले साथ दिएका छन । सो गितमा प्रेम थापा  र तुलसा जिसीको  भुमिका रहेको छ ।
कृष्ण फिल्मको प्रस्तुतिमा मुरलि बजे झझल्को आउछ काहा बज्यो मुरली तिरिरि रानी बनैमा¸मादालु बजे नाच्न मन लाउछ बिष्ठुरीको मायाको सम्झना आउछ मनैमा  जस्ता उत्कृष्ट शव्द रहेको उक्त गितमा मुरलिको धुन सुन्दा उही मायालुको यादले सताउदा निष्ठुरी मायाको याद कहिल्यै नमेटिने दुखेसो पोखेकी छिन गायिका जिसीले यस गितले दर्शक स्रोतको अपार माया पाएको बताईन