समाज बिकास निर्माणमा युवाको भुमिका

अमर थापा
युवा समुदायको धरोहर हुन् । समुदायको लागि युवा र युवाको लागि समुदाय एक अर्काका परि पुरक हुन् । अहिलेको बर्तमान समयमा युवा, समाज निर्माण र बिकासको लागि एक आशलाग्दो पात्र बन्नुपर्ने देखिएको छ । जे गरेपनि, ज चाहे पनि आजैबाट आफैबाट सुरुवात गर्नुपर्दछ भन्ने बाक्याशंलाई आत्मसात गर्दै समाजको मुहार फेर्न युवा वर्ग जुरमुराउनु पर्ने देखिन्छ । समाजमा बिद्यमान सामाजिक कुरिती कुसंस्कारको अन्त्य गरि सभ्य समाजको निर्माणको निमित्त युवा आफू सचेत भई लाग्नु पर्ने देखिन्छ ।
amar thapaसमाज, राष्ट्र निर्माण र बिकास हुन नस्कनुमा देखिएको कारणहरु राजनीति अस्थिरता, अल्पकालीन शान्ती र आर्थिक असम्पन्नता छन् । जस्लाई समाधान गर्दै समाजमा रहेका कुरिती बिसंगती र भेदभावलाई अन्त्य गर्दै दिगो शान्तिको स्थापना गरेमा मात्र समाजले काचुली फेर्न सक्छ । जब दिगो शान्तीको स्थापना हुन्छ तब समाजले खोजिरहेको बिकासको बाटोमा पाइला चलाउन सहज र अनुकूल हुने गर्दछ । समाज बिकास गर्नको लागि तत्पर युवा शक्ति निडर र निस्वार्थ भै लाग्नु पर्दछ, जस्लाई परिचालन र संगठित गर्न विभिन्न युवा मैत्री कार्यक्रमहरु स्थानीय स्तरमा हुन जरुरी छ ।
समाज अहिले एक जंजिरमा फसिरहेको छ, बिकासको लागि छट्पटाइरहेको छ, पिडा भोगिरहेको छ । यस्ता पिडाहरुको समाधान युवा बर्गबाट हुन जरुरी छ । समाज बिकास र निर्माणमा होमिएका युवाहरुका लागि थुप्रै समस्या, चुनौती र अवसरहरु रहेका छन् । भनिन्छ नि ‘मान्छेलाई अवसर एक पटक मात्र आउँछ’ जस्लाई हामीले सहि ठाउँमा सहि तरिकाले सदुपयोग गर्न जान्न पर्दछ यानिकी जसले पछि समाज निर्माणका लागि आवश्यक खम्बा खडा होस् । बिकासका कार्यको लागि हामी ठडिरहदा, विपक्षमा विभिन्न चुनौतीहरु ठडिरहेका हुन्छन् । जति धेरै चुनौतीपुर्ण कार्यहरु गर्न अवस्थाहरु आउँछ ती अवस्था गरिको कार्य, हामिले समाजका लागि गरेको योगदान पनि त्यतिनै बढी महत्वपूर्ण रहेको हुन्छ । अहिलेको नयाँ पुस्ताहरुका युवाहरुका लागि समाज विकास र निर्माण एक ठूलो चुनौती भएर ठडिएको छ । जस्को लागि युवाले समाजको लागि आफ्नो महत्वपूर्ण समय लगाउनु पर्ने देखिएको छ । ‘जहाँ समस्या त्यहा उपाय’ भनेझै युवाहरुले समाज बिकास र निर्माणको लागि दरिलो ईच्छा चाहाना र आकांक्षा राख्नु पर्छ । जस्को लागि समाजिक कार्यहरुमा युवाको सहभागीता बढाउनु पर्ने देखिन्छ ।
युवाले आफू युवा हु भनेर परिभाषित गर्न समाजको लागि आफ्नो भुमिका के हो ? भन्ने बारे बुझ्नुपर्दछ । नत्र युवाको परिभाषाबाट परिभाषित हुनु बेकार छ । तसर्थ समाजका लागि आफ्नो भुमिका जिम्मेवारी के–के हुन भन्ने कुरालाई मनन् गर्दै, जाने बुझेको कुरा समाज बिकासको लागि ब्यवहारमा उतार्नु पर्छ तब मात्र राष्ट अनि समाजको लागि सुयोग्य युवा बन्न सक्छौ । अहिले देखिएको छ युवा युवा नै अन्धबिश्वासमा परेमा यो समाज कता मोदिएला ? यस्तै अवस्था आएमा समाजमा सास फेर्न पनि कठिन होला भन्न सकिँदैन । त्यसैले युवा युवामा एकता, मित्रता र सहकार्य गरि दिगो बिकासमा लाग्नु हामी युवाहरुको उत्तरदायित्व हो । यसरी बल्ल हामिले सफल, सम्मुनत र सुन्दर समाजको स्थापना गर्न सक्छौ ।
समाज बिकास र निर्माण गर्नुपर्दछ मात्र भनेर हुँदैन जसको लागि पहिले आफूले आफैला परिवर्तन गर्न जरुरी छ । आफुमा भएका नकारात्मक पक्षलाई नकार्दै समाज प्रती आफ्नो माया त जिम्मेवारि बहन गर्न सिक्नुपर्दछ । जब आफू परिवर्तन भईन्छ तब समाजमा निष्क्रिय र समाजको बिकासमा युवाको भुमिका हुन्छ भन्ने कुराक अज्ञात युवा वर्गलाई उनिहरुको सोचाइ र ब्यवहार परिवर्तन गर्न सकिन्छ । जबकी समाज निर्माण गर्न सकिन्छ । बिकास निर्माणमा मेरो र तेरो भन्ने भावनालाई हताएर विभिन्न समस्याबाट जुर्मुरिएको समाजको बिकास र निर्माण गर्नु तपाईं हाम्रो दायित्व हो । र अनि मात्र आफ्नो परिभाषा गर्नु राम्रो हुन्छ ।