नवीन शिशिर
बागलुङ, २१ साउन
बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा संचालित १९ वटा लघु जलविद्युत गृह बन्द भएका छन् ।
असार अन्तिम र साउनको दोस्रो सातामा अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण विद्युतको मुहान, कुलो तथा पावर हाउसमा क्षती भएको कारण दैनिक ६ सय २ किलो वाट विद्युत उत्पादन बन्द भएको धवलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी)का सामाजिक परिचालक संयोजक नेत्र चालिसेले जानकारी दिनुभयो ।
बाढी पहिरोको कारण बूर्तिवाङ्ग वडा नम्बर ४ र ५ मा रहेको निसी दोभान लद्युजल विद्युत ३२ किलोवाट र देवीस्थान–४ मा रहेको लेवाङ खोला लद्युजल विद्युत आयोजना २७ किलोवाटको मुहान, कुलो तथा पावर हाउस पूर्ण रुपमा क्षती भएको चालिसेले बताउनुभयो ।
वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रको आर्थिक तथा डिसीआरडिसी बागलुङको सामाजिक तथा प्राविधिक सहयोगमा सचालित १९ जलविद्युत बन्द हुँदा वूर्तिवाङ्ग क्षेत्रका करिव ५ हजार उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन । दुई पूर्ण र १७ वटा आशिंक क्षति भएका छन् । जसका कारण सञ्चार सेवा समेत प्रभावित भएको छ । नेपाल टेलिकमको टावर नियमित बिद्युत नहुँदा प्रभावहिन बनेको छ भने बिद्युत आवश्यक फर्निचर उद्योगहरु पनि ठप्प छन् ।
चालिसेक अनुसार आंशिक क्षती हुनेमा राजकुत गाविसको कुतखोला पहिलो एक किलोवाट, कुत खोला दोस्रो ८ किलोवाट, कुतखोला तेस्रो २० किलोवाट, देवीस्थानको निसीखोला पहिलो ४८ किलोवाट, बायोखोला ५० किलोवाट, बोहरागाउँको निसीखोला दोस्रो ६ किलोवाट, निसीखोला तेस्रो एक सय किलोवाट, भुजी दोस्रो २४ किलोवाट, वूर्तिवाङ्गको भूजी छैठौँ २३ किलो वाट, आर.सि.जी २२ किलो वाट, रिठाखोला ७४ किलोवाट रहेका छन ।
यस्तै, अधिकारीचौर गाविसमा रहेका बुढाथोक लद्युजलविद्युत आयोजना ६० किलोवाट, सहीखोला ४० किलोवाट, ओख्रेनी खोला ८ किलोवाट, गार्दी खोला २२ किलो वाट, खानीखोला २० किलोवाट र १७ किलोवाटको बोवाङ्ग स्थित भूजीखोला जद्युजलविद्युत आयोजनामा क्षती पुग्नुका साथै विद्युत पूर्ण रुपमा बन्द भएको छ ।
बाढी पहिरोको कारण जलविद्युत परियोजनामा करोडौको क्षती पु¥याएको भए पनि एकिन तथ्याङ्ग अद्यवधीको काम भैरहेको डिसीआरडिसी बागलुङका अध्यक्ष इश्वरलाल राजभण्डारीले बताउनुभयो । पूर्ण तथा आंशिक क्षति ग्रस्त विद्युत आयोजनाको मर्मत तथा पुनःनिर्माणकोलागि केही महिना लाग्ने भएकाले केही महिना स्थानीय उपभोक्ता अन्धाकारमा रात काट्पर्ने बाध्यता रहने अध्यक्ष राजभण्डारीको भनाई रहेको छ ।
विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकमको टावर पनि नदिएको र संचार तथा विद्युतिय सामाग्रीहरु संचालन र विद्यार्थीहरु बेलुकामा पढ्न पाएका छैनन् ।