कविता: “बधशाला”

समर्पित बिमस
मिटर:१३±१वर्ण(मध्यमा विश्राम)
चढाएर फुलैफूल लगाएर माला।।
हान्छन पशुमाथी तेर्साएर भाला।।
हजारौ हजारको प्राण त्यो लिएर।
रगतले भरिन्छ हेर “बधशाला”।।

मुटुनै चुडाँउने रैछ तिनको चाला।।
ओडेर धर्मको बाहिर ढोंगी छाला।।
कसैलाई काटेर देउता खुशी भए।
लासैको भकारी बनोस “बधशाला”।।

कतै छन जमेका रगत ती काला।।
कतै छन बगेका रगत झन आला।।
पौडिन्छन त्यसैमा नर – पशुहरु।
रगतको पोखरी हेर “बधशाला”।।

खोले आँखा सबले गई पाठशाला।।
ठोके मन भित्र दयाको चाँबी ताला।।
उदाए घाम जून ज्ञानको ज्योति बोकी।
पापको त्यो चौतारी ढल्यो “बधशाला”।।
देउपुर–१, पर्वत