राजेन्द्र ढकालका २ मुक्तक

राजेन्द्र ढकाल
१.
मलाई कसैले फुर्काएको मन पर्दैन,
प्रेमको नाटक गरि घुर्काएको मन पर्दैन,
मुखमा राम राम बगलीमा छुरा रोपी,
दुईथोपा आँशु तुर्काएको मन पर्दैन ।

२.
जति जति तिम्रो पहिरन छोटो देखिन्छ,
सोच्छ्यौ होला त्यती राम्रो फोटो देखिन्छ,
यहि चालाले तिम्रो बस्त्र एकदिन गायब भयो भने,
अनि बल्ल त्यहाँ नेर खोटो देखिन्छ ।
बागलुङ