बिनोद लामिछाने
इतिहाँसको पौराणिक कालमा सत्ता र शक्तिका खातिर आफ्नै भाई भाईहरु बिच भएको महाभारतको युद्दको कथा अब कुनै ग्रन्थका ठेलीहरु खोलेर पढिरहन जरुरी छैन । बर्तमान नेपालको राजनैतिक परिदृश्य र यो परिदृश्यका सृजनाकार केहि सकुनी पात्रका करिब करिब उहि र उस्तै खाले प्रतिबिम्बका कारण पौराणिक महाभारत युद्दको नयाँ संस्करण अझै चलिरहेको अनुभुति गर्न सकिन्छ । कौरबिय राजनैतिक उपादेयताको असन्तुलित चक्र घुमाँउदै शक्ति र सत्ताको दुर्गन्धित मातको झोकमा ऑफु भित्रकै सहयात्री बिरुद्द षड्यन्त्रको अर्को महाभारत रच्न समेत नेपाली राजनितिका कतिपय माहिर सकुनीहरु उद्दत नै देखिन्छन ।
कुरा सिधै एकिकृत नेकपा (माओबादी) को बिराटनगर सम्मेलनको गरौं । लामो अर्कमण्ड्यताको चङगुल पश्चात र समस्यै समस्याको डङगुर पश्चात पाटी रुपान्तरणको मन्त्र उच्चारण गर्दै एकिकृत नेकपा (माओबादी) को राष्ट्रिय सम्मेलन सकाइएको छ । न सम्मेलनले चङगुल तोडेको छ न त डङगुर नै मिल्काएको छ । सम्मेलन सकाइएको भनिएको त छ तर त्यहाँबाट निस्किएका कैयौं बिशाक्त र कुपोषित खाले तरंगका ज्वालाले यतिबेला सिङगै देश र स्वयम एमाओबादी कार्यकर्ता नै चिन्तित र किमकर्तब्यमुढ बनेका छन । समस्या सुल्झिएर निस्कनुपर्नेमा झन भन्दा झन बल्झिएर निस्केको छ ।
सम्मेलनको समाप्ति घोषणा पछी मुखले जस्ले जे सुकै भने पनि जपिएको पाटी रुपान्तरण मन्त्रको राम्रो सँग आरती नउतार्दै इति श्री गरिएको छ । बिराटनगरको चिम्नीबाट फैलिएको नमिठो गन्ध पश्चात सबै हिसाबले हेर्दा सम्मेलनको रिजल्ट सकरात्मक र आशातित कुनै पनि हालतमा देखिदैन तर पनि एकिकृत नेकपा माओबादीलाई मुखियाको पाटी बनाँउन भने सम्मेलन पुर्ण रुपमा सफल भएको छ । पञ्चायत काल र त्यो भन्दा अगाडिको नेपाली समाजमा निकै टड्कारो भएर देखिएको मुखिया प्रथा बिराटनगर सम्मेलन पछाडी एमाओबादीमा लागु भएको छ । जसरी एउटा मुखियाले सिङगो समाजलाई आफ्नो बाहुबल र मुठ्ठीमा चलाँउथ्यो । लगभग त्यहि र त्यस्तै संस्कारको एउटा गतिलो पुनराबृती चाँहि एकिकृत नेकपा (माओबादी) भित्र अहिले देखिएको छ ।
बिराटनगर सम्मेलनको मुखिया शैलिबाट असन्तुष्ट बरिष्ठ नेता डा भट्टराइले यसपटक भने सिधा सिधा निर्णय गरिदिए । उनको यो असहमति बाहिर निस्किन नपाँउदा नपाँउदै नेपाली राजनैतिक पधेराका सस्ता पधेर्निले भने अनेकन लखका लप्काहरु मिल्काउन सुरु गरिसकेका छन ।
भलै जस्ले जे सुकै भनोस सायद एउटा नियमित शृङखलाको अर्को निरन्तरता नै भनौं यो राष्ट्रिय सम्मेलन पछाडी पाटीका बरिष्ठ नेता डा बाबुराम भट्टराई लगायतका केहि शिर्ष नेताहरु असहमति जनाँउदै बर्तमान केन्द्रिय समितिबाट बाहिरिएका छन । हुन त डा. भट्टराई लगायतका नेताहरुको केन्द्रिय समितिको बहिर्गमन र असहमति अझै उत्कर्षमा पुग्यो भने शव्द जालले सजिएका अनेकन खाले बिल्ला भिराँउदै ऑफुलाई नै एक्लो बृहस्पति भएको देखाउन आगामि दिनहरुमा प्रचण्डले भागिरथ प्रयत्न त गर्लान नै तर राजनैतिक रंगमञ्चको छेउमा बसेर पटक पटक उनको फरक शैलिको नाट्य अभियनबाट आजित भएका दर्शकहरुले यस पटक भने उनको यो कुरा सजिलै पत्याइदिने छैनन ।
किनकी ऑफुले राजनैतिक गुरुका रुपमा चित्रित गर्दै आएका मोहन बैध लगायत नेताहरुको बिगतको असहमतिलाई पदिय लोलुपता, कोन्ट्रा , जडसुत्रबादी देखि दोस्रो संबिधान सभाको चुनाब सम्म आइपुग्दा राजाबादी सम्मको सज्ञा दिने प्रचण्डले भोलिका दिनमा कमरेड बाबुराम भट्टराइले यो असहमतिलाई अझै उत्कर्षमा लैजाँदाको घडिमा उनका पछाडी मिल्ने सम्मका सबै खाले लाम्टा लुम्टी झुण्डाइदिने चाँहि पक्का छन र भन्नेछन तिमी जस्ता कुम्लो बोकेर आफ्नो बाटो तताँउदा हुन्छ । किनकि बिगतले यहि बोलेको छ। चाहे पाटी भित्र होस चाहे पाटी बाहिर नै किन नहोस , बिगत देखि नै चरम उपयोगिताबादी राजनिती शैलि मार्फत ऑफुलाई एक हदसम्म जबर्जस्त रुपमा स्थापित गरेका कमरेड प्रचण्ड को पछिल्लो यहि शैलिको निरन्तरताको कारण नै पाटीबाट एकपछी अर्को नेतृत्व बिस्थापित हुँदै गैरहेको र पाटी एकपछी अर्को गर्दै असफलता तर्फ डोरिदै गएको तथ्य सायद कतै छिपेको छैन ।
यतिबेला सिङगो माओबादी आन्दोलनलाई माया गर्ने सर्मथक शुभचिन्तकहरुको एउटै इच्छा छ माओबादी आन्दोलनका तिन ओटै हस्तिहरु बिगतका कमि कमजोरी लाई आत्मसाथ गरेर एकै ठाँउमा आउन र कमजोर हुँदै गरेको माओबादी आन्दोलनलाई पुर्नगठन गरुन । तर अहिलेको अबस्थामा यसका लागि कमरेड प्रचण्डले नै सबैभन्दा बढी लचकता र त्याग देखाँउनु पथ्र्यो । बाहिर भाषामा जे बोले पनि ब्यबाहारत उनमा त्याग गर्ने भन्दा सधै ऑफुलाई कसरी हुन्छ शक्तिमा राख्ने दम्भ नै बढी देखिन्छ ।
जस्को अन्तिम प्रमाण बिराटनगर सम्मेलन हो । पाटी भित्र उनी बिरुद्दको फरक मतलाई निष्तेज पार्न सधै एउटालाई समातेर अर्कोलाई हान्न खोज्ने उहि पुरानो शैलिको निरन्तरताले कुनै पनि हालतमा तिन हस्तिहरु एक ठाँउ ल्याउन उनको प्रयत्न देखिदैन । यो सम्मेलन मार्फत पनि उनले लगभग त्यहि शैलिको पुनराबृत गर्न खोजेको देखिन्छ । बिराटनगर सम्मेलनमा कमरेड बाबुरामले राखेको असहमति र त्यहि असहमतिको कारण केन्द्रिय समितीबाट बर्हिगमन पछाडी आजभोलि फेरी एउटा अर्को गज्जबको गाँइगुँइ पनि सुन्न थालिएको छ ।
उनले त्यहि फरक मत राखेकै आधारमा एमाओबादी भित्र केहि मान्छेले बाबुरामलाई यिनी त पहिल्यैबाट बेठिक हुन भन्न पनि थालिसके । अनेकन आरोपका तज्जाहरु बर्साउन सुरु गरे “बाबुराम पद लोलुप भए, बाबुराम गलत भए, वा फलाना फलाना आदी इत्यादी पुरै भए । यिनकै कारणले हिजो बैध फुटे यिनकै कारणले गर्दा पाटी हार्यो । त्यसैले यि बाबुराम भन्दा त ति बैध पो ठिक ।” बिचरा ! एमाओबादी पाटी भित्र दोस्रो नेतृत्व हुँदा हुँदै पनि औसत रुपमा यति सारै निरिह देखिएका र सांगठनिक रुपले यति धेरै कमजोर भएका बाबुरामले प्रचण्ड स्वयमले नचाँहादा नचाँहादै पनि बैध बादललाई हिजो खेदि हाले होलान त ? पाटीमा एउटा फरक मत राखेकै आधारमा यति धेरै निषेधित हुनुपर्ने र फलामको पेडा चपाउनुपर्ने बाबुरामले प्रचण्डले नचाँहादा नचाँहादै पुरै पाटी नै बिगारेकै होलान त ? यो केबल निष्तेज गर्ने चाल भन्दा अरु केहि देखिदैन । यो पनि सधै एकातिर रेड कार्ड देखाएर अर्को तिर ग्रिन सिग्नल देखाउने र सधै ऑफुलाई सुप्रिम बनाँउने बिगतको जस्तै ध्यये भन्दा अरु केहि होइन भन्ने प्रष्ट छ ।
किनकि पाटी संगठन र शक्ति सञ्चयको केन्द्र सधै प्रचण्ड सँगै एक्लै रह्यो । बाबुराम सधै बिचार निर्माण र योजना निर्माण भन्दै बसे । कमरेड प्रचण्डले पछिल्लो चरणमा पाटीमा एकपछी अर्को गर्दै बटुल्दै हिडेका मान्छेलाई बिना पुर्बाग्रह समर्थन गर्दै हिडे । बिगत देखि ऑफुलाई राजनैतिक इमान्तारिताको पहरेदार देखाउन ऑफु कहाँ पुग्दैछू पत्तै पाएनन । केबल दुनियाँ सामु प्रचण्डलाई चातुर्दिक नेताको उपमा दिए निर्बिकल्प नेता भनेर प्रशंशा मात्रै गरिरहे । संगठन निर्माण भन्दा बिचार निर्माणलाई जोड दिए । यति हुँदा पनि उनले आफ्नै पाटी भित्रबाट पटक पटक आउने अनाबश्यक टोकसोलाई वास्ता गरेनन सहिरहे । अहिले उनको यो महानता नै बास्तबमा ठुलो कमजोरीमा परिणत बनाईयो ।
त्यसैले अब तत्कालै कमरेड बाबुराम भट्टराइका सामु बास्तबमा तिनओटा बिकल्प छन । पहिलो बिकल्प पाटीभित्र ऑफुले चलाएको पाटी रुपान्तरण र संगठनको जनबादिकरणको प्रश्न अन्तिम रुपमा अझै जोडतोडले उठाँउदै , नयाँ ढंगको बिचारसहितको पाटी निर्माणको बहसलाई ब्यबस्थित गर्दै निष्कर्षमा पुर्याउने कि वा हार मानेर पाटी भित्र आत्मसर्मपण गर्ने । दोस्रो बिकल्प यदि पाटी रुपान्तरण र नयाँ हुन नसकेको खण्डमा अरु कुनै उत्तम उपाय मार्फत अगाडी बढ्ने । र तेस्रो बिकल्प चाँहि यि दुबै खाले बिकल्पलाई लत्याँउदै सक्रिय राजनितिबाट बिदा हुने वा पलायन हुने । डा. बाबुराम भट्टराइ जस्तो एउटा कुशल बिचारक , योजनाकार र मुलुकलाई नयाँ गति दिनसक्ने एक राजनैतिक रुपमा इमान्दार ब्याक्तित्वका लागि तेस्रो बिकल्प कुनै पनि हालतमा सान्दर्भिक हुनेछैन । त्यसैले अब उनको सामु केबल दुई बिकल्प छन यहि पाटीलाई नयाँ बिचार र गति दिन लडाँई सम्भब भए लड्ने वा त्यो सम्भब नभए नयाँ शक्ति निर्माण गरेर भएनि अगाडि बढ्ने ।
यदि उनले पाटी भित्र ऑफुले उठाएका केहि महत्वपुर्ण प्रश्नको हलका लागी पाटी भित्रै संर्घषलाई केन्द्रित गर्ने हो भने पनि भर्खरै बिराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट मुखियाको पाटी बनेको एमाओबादी पाटी र नेतृत्वको अगाडी उनको आगामी संघर्ष त्यति सहज हुने चाँहि पक्का छैन । तर सकभर अबको पहिलो प्राथमिकता चाँहि मुख्यियाको जस्तो बनेको पाटीलाई नयाँ पाटी बनाँउन अन्तिम प्रयत्न गर्नुपर्छ । यदि त्यो सम्भब नभएको खण्डमा बुद्दिमता पुर्बक एउटा उत्तम बिकल्प मार्फत मूलुकलाई समुन्नतिको कुशल नेतृत्व दिने गरि अगाडी बढ्नु नै अपरिहार्य हुनेछ । हुनत यो पछिल्लो समय डा भट्टराइले उठाएको नयाँ शक्तिको बहसले देशमा एउटा तरंग पैदा गरेको थियो र छ पनि ।
सायद उनको यो एउटा आदर्शत्मक बिचार सहितको लेखकिय शैलि मात्रै थियो वा साँच्चै नेपाली समाजको अहिलेको बोधगम्य अबस्था सहितको बास्तबिक र यथार्थ अनुभुति थियो त्यो त अझै हेर्न बाँकि नै छ । तर डा. भट्टराई जस्तो एउटा कुशल योजनाकार र राजनैतिक इमान्दारिता भएको ब्याक्तिबाट मुलुकले एउटा ठुलो अपेक्षा राखेको छ आगामी दिनमा त्यो अपेक्षालाई उनले कसरी पुरा गर्न सक्छन भित्रै रहेर सक्छन वा नयाँ ढंगले अगाडी बढेर सक्छन त्यो भने उनको कुशल निर्णय क्षमतामा भर पर्ने छ । अहिले तत्कालै भने सम्मेलन पश्चात देखिएको पाटी भित्रको बिबाद र फरक मतलाई मिलाउने कि निषेध गरेर जाने भन्ने सबै बलको कोर्ट प्रचण्डको हातमा छ । एमाओबादी मुख्यियाकै पाटी बनिरहन्छ वा रुपान्तरित हुन्छ त्यो भने हेर्न बाँकि नै छ ।