म्याग्दी जिल्लामा अझै ३ हजार ५०० जना भन्दा बढी निरक्षर रहेको पाईएको छ ।
हाल जिल्लाको ४१ गाविसमा १५ देखी ६० बर्ष उमेर समुहका कुल ३ हजार ६९२ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय म्याग्दीका विद्यालय निरिक्षक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षमा १ हजार बढी व्यक्तिलाई साक्षर बनाउने लक्ष्य रहेको छ । जिल्ला शिक्षा कार्यालयले यो बर्ष पुलाचौर, रत्नेचौर, पिप्ले, पात्लेखेत र कुहुँ गाविसमा निरक्षरता उन्मुलन गर्ने तयारी गरेको छ ।
यि गाविसमा रहेका निरक्षरलाई साक्षर बनाउन विद्यार्थीहरु परिचालन भएका छन् । साक्षर नेपाल अभियान कार्यक्रम सञ्चालन भएका गाविसमा निरक्षरलाई साक्षर बनाएवापत स्वास्थ्य , जनसंख्या तथा वातावरण विषयको २५ अंक बरावरको प्रयोगात्मक पुर्णाक्मा विद्यार्थीलाई १० अङ्ग दिने व्यवस्था गरिएको छ ।
साक्षरता अभियानको लागी सरकारले माध्यमीक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रयोगात्मकतर्फको कक्षालाई समेत समाबेस गरेको हो ।
त्यस्तै जिल्लामा निरक्षर रहेका सबैलाई साक्षर बनाई जिल्लाका ४१ गाविस सहित जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत अहिले ३०० स्थानमा चलाईएको साक्षरता कक्षामा ६ हजार नवसाक्षरलाई साक्षरता शिक्षा दिने लक्ष्य लिईएको छ । तिन महिनासम्म सञ्चालन हुने साक्षरता कक्षाको लागी ३०० जना सहयोगी कार्यकर्ता परिचालन भएको विद्यालय निरिक्षक श्रेष्ठले बताउनुभयो ।
जिल्ला अनौपचारीक शिक्षा समिति मार्फत सवै गाविसमा कोटा वितरण गरी साक्षरता शिक्षा सञ्चालन भएको जिशिकाले जनाएको छ । २००४ देखी सञ्चालन भएको अनौपचारीक शिक्षा कार्यक्रम विगत दुई बर्षदेखी भने अभियानको रुपमा मात्रै सञ्चालनमा छ । सन् २०१५ सम्ममा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने नेपाल सरकारको लक्ष्यअनुसार अभियान तीव्र बनाइएको हो ।
आर्थिक बर्ष २०६५÷०६६ देखी ०६९÷०७० सम्म ३२ हजार ९८ जना निरक्षरलाई साक्षर बनाएको विद्यालय निरिक्षक श्रेष्ठले बताउनुभयो । जिल्लामा चालु बर्षमा अनौपचारिक शिक्षाका लागि रु १८ लाख १० हजार ५० बजेट खर्च हुने बताईएको छ । अनौपचारीक शिक्षा अन्र्तगत आयआर्जन कार्यक्रम मार्फत जिल्लामा रहेका १९ वटा सामुदायीक अध्ययन केन्द्रलाई बार्षिक ५० हजार अनुदान उपलब्ध गराउने जिल्ला अनौपचारीक शिक्षा केन्द्रले जनाएको छ ।