बाह् बर्ष कुकुरको पुच्छर ढुग्रोमा

नैतिकता जटिल विषय हो । नितिशास्त्रमा उल्लेखित ज्ञानलाई आत्मसात गदैं ब्यवहारमा ढालेर अघि बढ्न सक्नु नै नैतिकता हो। नैतिकताबाट नै मासिन नैतिकवान बन्ने र देश समृद्ध हुने गर्छ । मानिस नैतिक मान्यताका आधारमा अघि बढ्न सकेमात्रै उसले आफ्नो जीवनको साथै राष्ट्रको समेत प्रगतिको रेखा कोर्न सक्छ । सामाजिक, राजनीतिक, शैक्षिक, प्रशासनिक, धार्मिक सहित आआफ्नै नैतिक पक्ष छन् तर अन्य भन्दा सामाजिक, शैक्षिक र धार्मिक नैतिकता समाजमा धेरै महत्व छ । तर म्याग्दीको सदरमुकाम बेनीमा बाह् बर्ष कुकुरको पुच्छर ढुग्रोमा राख्या जस्ताको त्यस्तै भनेजस्तै सयौपटक दवाव र सचेत बनाउँदा समेत जथाभावी फोहोरको फोलेर सुन्दर बेनीबजारलाई कुरूप बनाइरहेको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्न कालिगण्डी नदीमा निर्माणधिन अवस्थामा रहेको पक्की तटबन्धका काम गर्ने मजदुरको टाउकोमा धेरेपटक माथीबाट फालिएको फोहोरको पोको परेको छ । नदीको बाहवका विच जोखिमपुर्ण तरिकाले काम गरिरहेका मजदुरलाई पलाष्ट्रिकमा पोको पारेका फोहोरले काम गरिरहेको अवस्थामा र आसपासका क्षेत्रमा फाल्न थालेपछि ठेकेदारले समेत सरकारी निकायका साथै अनुगमन र निरिक्षणमा आउनेलाई समेत गुनासो गर्ने गरेका छन् । १ करोड ८८ लाख ७५ हजारको लागतमा निर्माण भइरहेको १ सय २४.५ मिटरको तटबन्धमा गणेशटोलका केही घरबाट नियमित रुपमा फालिने फोहोरले आवतजावतमा समेत गम्भीर समस्या भइरहेको छ ।‘दुर्गन्धित फोहोरले काम गरिरहेका कामदारलाई लाग्ने गरेको छ । बजारमा चिल्ला भाषण र आर्दशका कुरा गर्नेहरूका घरबाट दैनिक फोहोर फालिन्छ‘ बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले भने ।
नैतिकताकै खडेरी परेका ब्यक्तिहरुकै कारण आसपासका क्षेत्रमा माटो कमजोर भइरहेकाले जोखिम बढेको बताए । अनुगमनमा आउने क्रममा समेत दिशा सहित दुर्गन्धित बस्तुहरू फालिएको समेत उनले बताए ।बेनीबजारमा सबैभन्दा दुर्गन्धित क्षेत्रका रुपमा समेत तटबन्ध आसपासको क्षेत्र रहेको छ ।कुहिएका बस्तु फाल्ने गरिएको माटोमा समेत त्यसले असर गर्ने गरेको छ । बेनी नगरपालिकाले समेत अति फोहोर हुने क्षेत्रको सुचीमा राखेर त्यसलाई सरसफाईयुक्त बनाउने आसपासका क्षेत्रका बासिन्दालाई समेत खवर गरेको थियो । जिल्लाका क्रियासिल पत्रकारहरूको संस्था वास पत्रकार मञ्चले १० हप्ताभन्दा धेरै बे कालिगण्डकी र म्याग्दी नदीमा सरसफाई अभियान सञ्चालन गरेको थियो ।
अभियानको क्रममा समेत सोही क्षेत्रलाई लक्षित गरेर धेरै प्रयास गरेपनि त्यसक्षेत्रका बासिन्दाले आवश्यक सहयोग नगरेको अभियान्ताले समेत गुनासो गरेका थिए । ‘धेरै गुनासो आउने गरेको छ । हामीले पनि त्यही जरिमाना तोकेको सुचना समेत राखेका छौ’ बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुबेदीले बेनीअनलाइनलाई भने । उनले जिल्लामा प्रतिष्ठित ब्यक्तिको सुचीमा समेत रहेकाले नै फोहोर फाल्ने गरेपनि धेरैपटक दिइएको मौखिक सुझाव समेत कार्यान्वयन नभएको समेत उनले बताए । विद्युत कार्यालय नजिकबाट नागरिक समाजका संयोजक सुर्दशन कुमार श्रेष्ठको घरसम्म अत्याधिक फोहोर देखिएको छ ।
धार्मिक हिसावले समेत अति महत्वपुर्ण मानिने कालिगण्डकी र म्याग्दी नदीमा दैनिकजसो फालिने फोहोरले नदीको महत्वमा असर गर्नुका साथै दुर्गन्ध फैलन थालेपछि सुरू गरिएको बृहत्तर कालिगण्डकी र म्याग्दी नदी सरसफाई अभियान अन्र्तरगत जिल्लामा रहेका सबै क्षेत्रबाट सहयोग प्राप्त भएपनि डम्पिङका रुपमा प्रयोग गरेकाहरूको समेत कुनैपनि सक्रियता र संलग्नता समेत देखिएको थिएन् । घरबाट निस्कीएको दुर्गन्ध फैलने, सडेगलेको मासु नदी तथा तटिय क्षेत्रमा फाल्दा हिन्दु धर्मालम्बीहरूलाई स्नान गर्न समेत समस्या भइरहेको छ । हरिकृष्ण गौतम