
पर्वत, ४ साउन । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरोमा परी मोदी ३ का ७६ वर्षीया छविलाल विक र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमाया विकको मृत्यु भएको हो ।
गएरातीदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा पुरिएर विक दम्पती बेपत्ता भएका थिए । बेपत्ताको स्थानीयवासी र प्रहरीले खोजी गर्दा पुरिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।










