बागलुङ, १५ पौष । बागलुङ जेसीज बर्ष २०२४ ले गरेका कार्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरि बागलुङ जेसीज बर्ष २०२४ ले १ बर्षमा गरेका कार्यहरु सार्वजनिक गर्दै लक्ष्य लिएका मध्य २ वटा कार्यक्रम बाहेक सवै कार्यक्रम सम्पन्न गरेको जनाएको हो ।
बर्ष २०२४ को कार्यकाल शुरु हुनासाथ करिव ३३ वटा कार्यक्रम निर्धारण गरेको र ति मध्ये फुट फेस्टीवल र भित्तेपत्रिका प्रकाशन गर्न नसकेको अध्यक्ष गणेश महतोले जानकारी दिनुभयो । अन्य थप कार्यक्रम समेत गरि बर्ष २०२४ मा ५५ वटा कार्यक्रम गरिएको, १७ वटा कार्यक्रममा सहभागीता जनाइएको, १२ वट बोर्ड बैठक र ६ वटा साधारणसभा सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष महतोले १ बर्षको अवधिमा समाज प्रत्यक्ष प्रभाव पार्ने खालको जेसीज कप फुटवल, मेयरसंग बिद्यार्थी कार्यक्रम, जेसीज सप्ताह, बिभिन्न खालका तालिम सम्पन्न गरिएको र नेपाल जेसीजले आयोजना गरेका हरेक कार्यक्रममा सहभागीता जनाइएको बताउनुभयो ।
उहाँले नेपाल जेसीजले दिएको मासिक लक्ष्यलाई पुरा गर्दै १२ महिनामा बागलुङ जेसीजले १२ वटा अवार्ड पाएको, बढि तालिम संचालन गरेको अवार्ड प्राप्त गरेको र गण्डकी प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा समेत उत्कृष्टता हासिल गरेको जानकारी दिनुभयो ।
बर्ष २०२४ ले करिव १६ लाखको आम्दानी खर्च गरेको र जसमध्य ५० हजार बचत गर्न सफल भएको पनि जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले पनि मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव ताराप्रसाद शर्माले गर्नु भएको थियो ।