समिक्षा अधिकारी र राजेश बर्देवाको “नाच छम्म छम्म” बोलको तीज गीत सार्वजनिक

बागलुङ, २५ साउन । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गदै अहिले तिजगितहरु बजार ल्याउने होडबाजी चलेको छ ।

हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसैबीच, राजेश बर्देवाको “नाच छम्म छम्म” बोलको तीज गीत सार्वजनिक भएको छ ।

राजेश बर्देवाको युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा समीक्षा अधिकारी र राजेश बर्देवा आफैंले स्वर दिएका छन् ।

ओबी रायमाझी र जाहन्वी बस्नेतको अभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन् । कृष्ण कंडेल र प्रिया कुमारको सुन्दर शब्द सिर्जनामा सजिएको गीतले तीजको परम्परागत मौलिकतालाई समेटेको छ ।

भिडियो